‘शान्तिपूर्वक मतदान गर्न पाइयोस्’


प्रकाशित मिति :2017-06-26 16:07:47

-पार्वती पाण्डे-

कपिलवस्तु । इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अन्त्यमा मनाइने इद उल फित्र सोमबार कपिलवस्तुमा उल्लासपुर्वक मनाईएको छ । इद उल फित्र कै अवसरमा यहाँका महिला अगुवाहरुले शान्तिपूर्ण मतदान पाइयोस् भन्दै शुभकामना दिएका छन् ।

इद उल फित्र कै अवसरमा मायादेवी गाउँपालिकाका प्रमुखका उमेदवार फौजिया नसिमले सबैमा शुभकामना दिनुभयो । इद पर्वको अवसरमा उहाँले देशमा दिगो शान्तिको कामना गर्नु भएको छ । पकडीकी सेहरुन निसाले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा शान्तिपुर्वक मत दिन पाइयोस् भन्दै कामना गर्नु भयो । २० वर्ष पछि हुन लागेको स्थानीय तह दोस्रो चरणको चुनावमा सबैमा खुशी छाएको बताउँदै उहाँले ढुक्कसँग मतदान गर्ने वातावरण सृजना होस् भन्दै कामना गरेको बताउनुभयो । महमुदा खातुनले पनि इद मनाउँदै देशमा शान्तिको कामना गर्नु भएको छ । देशमा नेपाली जनता मिलेर विकास गर्ने वातावरण बनोस् भन्दै कामना गर्नु भयो । फुलिकाकी मरियम खाँलले पनि पर्वको अवसरमा देशमा शान्तिको कामना गर्दै महिला माथि कुनै प्रकारको हिंसा नहोस् भन्दै कामना गर्नु भएको छ ।

आत्मसंयम र शुद्धीका लागि एक महिनासम्म गरिने रमजान पर्वको रोजा (व्रत) सकिएको भोलिपल्ट यो पर्व मनाउने गरीन्छ । ईदको अर्थ खुशियाली हो । रमजान सकिएको उपलक्ष्यमा खुशियाली मनाइएकोले यो पर्वको नाम ईद उल फित्र हुन गएको कपिलवस्तु नगरपालिकाका मेयरका उमेदवार अब्दुल रउफ खाँ बताउनु हुन्छ । विपन्न, अशक्त, टुहुरा, असहाय आदिलाई दान दिएर खुशी पार्नु पर्ने यो चाडको बिशेषता रहेको मुस्लिम अगुवाको भनाई छ । जिल्लाको तौलिहवा, कृष्णनगर, चन्द्रौटा लगायतका स्थानमा मुस्लिमहरुले खुशीका साथ ईद पर्व मनाएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: