हत्याको आरोपमा श्रीमान पक्राउ


सन्तान नभएको भन्दै परिवार मिलेर बुहारीको हत्या

प्रकाशित मिति :2017-06-26 16:18:31

-महिला खबर-

काठमाडौं । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले प्रदीप सहनीलाई पक्राउ गरेको छ । मटिहानी गाउँपालिका–३ सिरसियाकी २० वर्षीया टिङ्की कुमारीको हत्याको आरोपमा २५ वर्षीय श्रीमान प्रदीपलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्राउ गरेको हो ।

बिहे भएको दुई वर्ष बितिसक्दा पनि सन्तान नभएको भन्दै प्रदिपले परिवारका अन्य सदस्यसँग मिलेर टिङ्कीको हत्या गरेको आरोप मृतकका माइती पक्षले लगाएका छन् । सुत्ने कोठामा घाँटीमा गम्छाको पासो लगाई झुन्डएको अवस्थामा शनिबार प्रहरीले टिङ्कीको सव फेला पारेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताउनुभयो ।

घटनापछि श्रीमान प्रदिपसहित उनका आमाबुबा लगायत परिवारका सबै सदस्य फरार थिए । परिवारका सबै सदस्य फरार भएपछि स्थानीयले टिङ्कीको माइती पक्षमा घटनाबारे खबर गरेका थिए ।

फरार रहेका प्रदिप सामान लिन आज घर आएका बेला गाउँलेले समातेर प्रहरीमा बुझाएका थिए । प्रहरीले पक्राउ परेका प्रदिपलाई हिरासतमा राखी घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: