एक दिन काम, एक दिन विद्यालय


प्रकाशित मिति :2017-06-27 11:41:05

यमुना खनाल

सिराहा । सिरहाको छपरारीमा रहेको प्राथमिक विद्यालयमा अध्ययन गर्ने बालिकाहरु पढाइ खर्च जुटाउन मजदुरीमा जाने गर्छन् । प्राथमिक तहको पढाइमा लाग्ने खर्च जुटाउन उनीहरु दिन बिराएर विद्यालय र काममा जाने गरेका हुन् ।

प्राथमिक बिद्यालय छपरारीमा कक्षा चारमा पढ्ने करिष्मा सदायले एक दिन विद्यालय जाने र एक दिन काममा जाने गरेको बताईन् । उनले भनिन् – ‘स्कुल नजाँदा पढाई छुट्छ । सरले गाली गर्नु हुन्छ ।’ करिष्मासँगै साहुको खेतमा काम गरिरहेकी काजल सदायलाई पनि धेरै पढ्ने रहर छ । ‘काम गर्न नगए खान लगाउन पुग्दैन काम गर्न जानै पर्छ ।’ श्री प्राथमिक बिद्यालयमा कक्षा तीनमा पढ्ने काजलले बताईन् । ’

एक दिनभरी काम गर्दा एक सय पचास रुपैयाँदेखि दुई सयसम्म ज्यालादारी उनीहरुले पाउँछन् । उनीहरुका आमा बाबुहरु पनि उनीहरु जस्तै मजदुरीको काम गर्छन् । विद्यालयमा चाहिने कापी, कलम लगायतको खर्च आफै काम गरेर जुटाउने गरेको बालिकाहरुले बताए । काजल र करिष्मा मात्र होईन सिरहाका दलित बस्तीका धेरैजसो बालबालिकाहरु मजदुरी गरेर विद्यालय पढ्छन् । उनीहरु प्राथमिक विद्यालय भन्दा माथिको शिक्षा लिनेहरुको संख्या एकदमै न्यून छ । राष्ट्रिय जनगणना २०६८ अनुसार सिराहा जिल्लामा ६ प्रतिशत विद्यालय उमेरका बालबालिका विद्यालय जाँदैनन् ।

सिरहाको रामपुर प्राथमिक विद्यालयका प्रधानाध्यापक प्रकाश गुप्ता दलित बस्तीका विद्यार्थी नियमित विद्यालय नआउने गरेको बताउनु हुन्छ । उहाँले भन्नुभयो – उनीहरुको आर्थिक अबस्था कमजोर भएकाले आमा बाबुसँगै काम गर्न जाने, काममा नगए भाई बहिनी हेरेर बस्ने, गाई भैंसी चराउन पठाउने गरेका कारण स्कुल आउँदैनन् ।’ गुप्ताका अनुसार विद्यार्थीहरु विद्यालय आउने भनेको नै दिन बिराएर हो । दिन बिराएर विद्यालय आउँदा उनीहरुले राम्रोसँग पढ्न नसकेको वहाँको भनाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: