सुन्तली हत्याका आरोपी पाँच वर्षपछि पक्राउ


प्रकाशित मिति :2017-06-27 12:39:26

सुन्तलीकी आमा डिल्लीमाया तामाङ

महिला खबर

काठमाडौं । २०६८ माघ ५ गते रामेछापको तत्कालिन सैपु गाविसकी १४ वर्षीय सुन्तली तामाङको बलात्कारपछि हत्याको आरोपमा श्याम रावतलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले साढे पाँच वर्ष पछि मात्र सुन्तली हत्याकाण्डका आरोपी श्याम रावतलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

२०६८ माघ ५ गते घाँस काट्न गएकी थिइन् । तर, साँझसम्म पनि घर फर्किनन् । सुन्तलीकी आमा डिल्लीमायाले माघ ६ गते जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दिएकी थिइन् । उनले उजुरी गरेकै दिन कवैटारको कुलोमा सुन्तलीको डोको भेटियो । माघ ७ गते सुन्तलीले लगाएको चौबन्दी चोलो, चप्पल र भित्री वस्त्र खुन्दुकी भन्ने स्थानमा फेला परेको थियो । त्यसको १३ दिनपछि माघ २० गते सुन्तलीको शव नग्न अवस्थामा लिखु खोलामा भेटिएको थियो ।

उनको शव झोलाको फित्ताले घाँटी बेरिएका र अनुहारभरी चोटै चोट थियो । सुन्तलीकी आमा डिल्लीमायाले श्याम रावत विरुद्ध किटानी दिएकी थिईन् । आमा डिल्लीमायाको उजुरीपछि महिलाअकिार र मानवअधिकारका क्षेत्रमा काम गर्ने संघ–संस्थाको दबाब पछि श्यामलाई प्रहरीले पक्राउ गरेपनि सुन्तलीको हत्यामा संलग्न नभएको निष्कर्ष निकाल्दै छाडेको थियो ।

डिल्लीमाया नयाँ डिएसपी नियुक्त भएको थाहा पाउनासाथ प्रहरी कार्यालय पुग्थिन् । छोरीको हत्यारालाई पक्राउ गर्न आग्रह गर्थिन् । सबैले आश्वसन मात्र दिने गरेको उनी बताउँछिन् ।

सुन्तलीको हत्यापछि छैटौं पटकसम्म जिल्लामा प्रहरी प्रमुख परिवर्तन भइसकेका थिए । छैटौं पटक नयाँ डिएसपी रामेछाप पुगेका कुमोध ढुंगेललाई डिल्लीमायाले छोरीको हत्याबारे जानकारी गराइन् । डिएसपी ढुंगेलले राउतका बारेमा परिवार र साथीभाइ कसैले थाहा नपाउने गरी बुझ्न थाले । अन्ततः घटना भएको ५ वर्ष ५ महिनापछि प्रहरीले राउतलाई पक्राउ परेका छन् ।

पाचँवर्षपछि भारतको अन्डामान एण्ड निकोबार टापुमा रहेको पाँचतारे होटलमा सेफको काम गदै आएका श्यामलाई मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडा, अपराध अनुसन्धान महाशाखा र रामेछाप प्रहरीको संयुक्त टोलीले पक्राउ गरेर नेपाल ल्याएको हो । सुन्तलीलाई बलात्कार गरेपछि हत्या गरेको राउतले प्रहरीसमक्ष स्वीकार गरेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी कुमोध ढुंगेलले ६ महिनाको निरन्तर निगरानीपछि सुन्तली हत्याका अभियुक्त समात्न सफल भएको बताउनुभएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: