मतदान केन्द्र लैगिंकमैत्री छः आयोग


प्रकाशित मिति :2017-06-27 15:08:42

-महिला खबर-

काठमाडौं । निर्वाचन आयोगले आज भैरहेको स्थानीय तह दोस्रो चरणको निर्वाचनका सबै मतदान केन्द्र लैगिंकमैत्री भएको बताएको छ ।

महिला खबरसँग कुरा गर्दै निर्वाचन आयोगका सूचना अधिकारी तथा उपसचिव सूर्य प्रसाद अर्यालले ३५ जिल्लाका सबै मतदान केन्द्रहरु लैगिंकमैत्री भएको बताउनुभयो । ‘पहिलो चरणमा केही मतदान केन्द्र लैगिंकमैत्री नभएको गुनासो आएको थियो । दोस्रो चरणमा त्यो गुनासो रहनेछैन, हामीले सबै निर्वाचन अधिकृतलाई लैगिंकमैत्र्रीे मतदान केन्द्र बनाउन भनेका छौ ।’ अर्यालले भन्नुभयो ।

गर्भवती, सुत्केरी महिला, बृद्धबृद्धा तथा फरक क्षमता भएकाहरुलाई भोट हाल्न लाइनमा बस्नु नपर्ने व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । उनीहरुलाई कुर्सीमा बस्ने व्यवस्था र शौचालयहरु समेत लैगिंकमैत्री, अपांगमैत्री निमार्ण गरिएको अर्यालले जानकारी दिनुभयो ।

दोस्रो चरण अन्र्तगत भोली प्रदेश न. १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि ८ हजार ३६४ मतदान केन्द्रमा निर्वाचन हुदैछ । जसमा १ महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकाका ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदान गरी आफ्नो जनप्रतिनिधि चुन्ने छन् ।

यो निर्वाचनबाट १५ हजार ३८ प्रतिनिधिहरु निर्वार्चित हुनेछन् । जसमध्ये वडामा दलित महिला सदस्य सहित ५ हजार ७४८ महिला वडा सदस्या निर्वाचित हुनेछन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: