नमुना मतदान केन्द्रको जिम्मेवारी महिलालाई


प्रकाशित मिति :2017-06-27 16:42:12

पार्वती पाण्डे

 कपिलवस्तु । बुधबार हुने स्थानीय तहको निर्वाचनमा कपिलवस्तुमा २ वटा मतदान केन्द्र नमुना मतदान केन्द्र तोकिएका छन् । जसका लागि दुई अधिकृत महिलाहरुलाई जिम्मेवारी दिइएको छ ।

नगरपालिकाको नयाँ टोल स्थित प्राबि तौलिहवा र बाणगंगा नगरपालिकाको पिपरा स्थित जनता माबि पिपराका केन्द्र नमुना रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दुबै केन्द्रमा सबै कर्मचारीहरु महिला परिचालन गरिएको निर्वाचन कार्यालय अधिकृत ज्ञानहरि घिमिरेले बताउनुभयो ।

प्राबि तौलिहवामा महिला तथा बालबालिका कार्यालयकी अधिकृत कमला पौडेल र जनता माबि पिपरामा कपिलवस्तु कारागारकी जेलर प्रमुख रेखा पुन केन्द्र प्रमुख तोकिएका छन् । प्रत्येक केन्द्रमा एक मतदान प्रमुख, एक जना सहायक मतदान अधिकृत, २ जना सहायक, २ जना कार्यालय सहयोगी र २ जना स्वयमसेवक रहनेछन् ।

यसैगरी अपाङ्ग, जेष्ठ नागरिक, गर्भवती, सुत्केरी, अशक्त व्यक्तिहरुको लागि मतदानको दिन विशेष व्यवस्था गरिएको घिमिरेले जानकारी दिनुभयो । उनीहरुले मतदानको लागि लाईनमा बस्ने नपर्ने उहाँले जानकारी दिनुभयो । भोट दिन नसक्ने अशक्तका लागि उसले इच्छाएको व्यक्ति वा मतदान अधिकृतले मत दिन पाउने व्यवस्था गरिएको छ । अपाङ्गता भएका व्यक्तिले आफूसँग भएको सवारी साधन प्रयोग गरेर मतदान गर्न जाने व्यवस्था पनि निर्वाचन कार्यालयले गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: