भोलि निर्वाचन, भोट हाल्न अझै अन्यौल छन् महिला


प्रकाशित मिति :2017-06-27 16:39:27

पार्वती पाण्डे 

कपिलवस्तु । दोस्रो चरणमा हुन लागेको स्थानिय तह निर्वाचनको अघिल्लो दिन मंगलबारसम्म कपिलवस्तुमा अधिकांश महिलालाई मतदान गर्ने तरिका थाहा छैन । मत दिनका लागि आतुर भएपनि यहाँका महिलालाई मतपत्रमा कसरी मतदान गर्ने भन्ने चाँही अझै अन्यौल रहेको हो ।

भोट माग्न सबै दलहरु, उम्मेदवार, कार्यकर्ताहरु लागे पनि मतदान कसरी तरिका महिलालाई सिकाएका छैनन् । उनीहरुलाई मतपत्र कसरी पट्याउने भन्ने पनि थाहा छैन ।

मायादेवी गाउँपालिकाकी कुसुम हरिजनले आफूलाई भोट दिने तरिका थाहा नभएको बताउनुभयो । मतपत्रमा कसरी भोट दिने भन्ने कसैले नसिकाएको उहाँको गुनासो छ । उहाँले भन्नुभयो, ‘भोट माग्नका लागि धैरै मानिस आए तर मतपत्र कस्तो हुन्छ, कसरी भोट दिने कसैले सिकाएनन् ।’

सोहि स्थानकी अकालमती रैदासलाई पनि मतपत्रमा कसरी स्वष्तिक चिन्हको छाप लगाउने थाहा छैन । आफुलाई मन परेको उमेदवारलाई भोट दिने हो भने पनि मतपत्रका बारेमा उनी अन्योल देखिइन् । अकालमती जस्तै अस्तरु निसालाई पनि मतपत्रका बारेमा खासै जानकारी छैन । भोट दिने हो जसरी दिए पनि हुन्छ भन्ने उनको बुझाई रहेको छ ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख ज्ञानहरी घिमिरेले भने जिल्लाका ६ नगरपालिका र ४ गाउँपालिकामा नमुना मतदान केन्द्र बनाएर मतपत्र खसाल्ने तरिका सिकाएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो – ‘सबै स्थानमा मतदाता शिक्षा दिएका छौं ।’ मतदाता परिचय पत्र वितरण भैरहेकाले त्यहाँ पनि मतदानका बारेमा सिकाईएको उहाँको भनाई छ । जिल्लामा १ लाख २९ हजार ९ सय ४० महिला मतदाता रहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: