दुई मतदान केन्द्रको जिम्मेवारी अपाङ्गता भएका र महिला कर्मचारीलाई


प्रकाशित मिति :2017-06-27 17:21:04

इन्द्रसरा खड्का

बैतडी । बैतडीका दुई मतदान केन्द्रमा निर्वाचन गराउने जिम्मेवारी महिला र अपाङ्गता भएका कर्मचारीले पाएका छन् । गुरुखोला (ख) मतदान केन्द्र र निमावि पन्त्यौडा मतदान केन्द्रमा मतदान गराउने जिम्मेवारी महिला र अपाङ्गता भएका कर्मचारीले पाएका हुन् ।

दशरथचन्द नगरपालिकाको वडा नं १ को गुरुखोला (ख) मतदान केन्द्रमा अपाङ्गता भएका कर्मचारीले जिम्मेवारी पाएका छन् । भने पाटन नगरपालिकाको निमावि पन्त्यौडा मतदान केन्द्रको जिम्मेवारी महिला कर्मचारीलाई दिइएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले जानकारी दिनुभयो ।

जिल्लामा १७४ ओटा मतदान केन्द्र छन् । अपाङ्गता भएका कर्मचारीहरुले पनि अरु कर्मचारी जस्तै काम गर्न सक्छन् भन्ने उदाहरण दिनका लागि आफूहरुले मतदान केन्द्रको जिम्मा लिएको गुरुखोला मतदान केन्द्रका मतदान अधिकृत जीतबहादुर रोकायाले भन्नुभयो ।

उहाँले थप्नुभयो – ‘अरु कर्मचारी जस्तै हामीले पनि सेवा दिइरहेका छौं । यसबाट अपाङ्गगता भएका व्यक्तिहरुलाई समाजले हेर्ने दृष्टिकोणमा केही फरक आउने हामीले विश्वास छ ।’

यस्त निमावि पन्त्यौडा मतदान केन्द्रको मतदान अधिकृत महिला तथा बालबालिका कार्यालयका प्रमुख अनिता बुढाऐर सो मतदान केन्द्रको मतदान अधिकृत भएर काम गरिरहनु भएको छ । ‘मतदान केन्द्रमा महिला कर्मचारी मात्रै छौं । अरु मतदान केन्द्रजस्तै हाम्रो मतदान केन्द्रमा पनि निर्वाध रुपमा काम भइरहेको छ’ प्रमुख बुढाऐरले भन्नुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: