प्रदेश नम्बर १, ५ र ७ मा अाज निर्वाचन हुँदै


प्रकाशित मिति :2017-06-28 09:34:24

महिला खबर

काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तर्गत दोस्रो चरणमा प्रदेश नम्बर १, ५ र ७ प्रदेशका ३५ जिल्लामा मतदान आज हुँदै छ ।

आज बिहान ७ बजेबाट मतदान प्रक्रिया सुरु भएको छ । निर्वाचन आयोगले साझँ ५ बजेसम्म मतदानको समय तय गरिएको बताएको छ ।

आयोगले स्थानीय निर्वाचनका लागि जारी गरेको मतदाता परिचयपत्र हराए वा लिएर नआएमा नेपाली नागरिकताको प्रमाणपत्र वा ०७० मा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र र सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न सकिने बताएको छ । ३५ जिल्लाका १ महानगरपालिका, ७ उपमहानगरपालिका १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकाको निर्वाचनबाट १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित चुनीदैछन् ।

निर्वाचनमा ६२ हजार ४ सय ८ उम्मेदवार चुनावी मैदानमा छन् । तीन प्रदेशमा ६४ लाख ३२ हजार ६५ मतदाता रहेका छन् ।

निर्वाचनका लागि चार हजार ५८१ मतदानस्थल र आठ हजार ३६४ मतदान केन्द्र रहेका छन् ।

निर्वाचनको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको छ । निर्वाचनमा एक लाख ६३ हजार ८२३ जना सुरक्षाकर्मी परिचालन गरिएकाे छ ।

निर्वाचन आयोगले निर्वाचनमा सबैलाई सहभागी हुन अपिल गरेको छ । निर्वाचनका क्रममा सरकारले सुरक्षाको व्यवस्था राम्रो गरेकोले आफ्नो मताधिकार सहज रूपमा उपयोग गर्न आयोगले अनुरोध गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: