सभामुख घर्तीद्वारा मतदान


प्रकाशित मिति :2017-06-28 11:26:23

–महिला खबर–

काठमाडौं । सभामुख ओनसरी घर्तीले आज रोल्पा नगरपालिका ७ स्थित बाल उदय माविको मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।

 स्थानीय तहको दोस्रो निर्वाचन अन्तर्गत घर्तीले आज मतदान गर्नुभएको हो । उहाँले मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि आफूले मतदान गरेको बताउनुभयो ।

दोस्रो चरणको निर्वाचनमा रोल्पामा १७४ मतदान स्थल रहेको छ । सो मध्ये सदरमुकाम लिवाङमा रहेको बालमन्दिरका दुई मतदान केन्द्रको जिम्मेबारी महिला कर्मचारीलाई दिईएको छ ।

महिलामैत्री मतदान केन्द्र बनाउन सम्पूर्ण जिम्मेवारी महिला कर्मचारीलाई खटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा कुल एक लाख १७ हजार २६१ मतदाता मध्ये पुरुषको तुलनामा महिला मतदाता बढि रहेको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जनाएको छ ।

महिलाको संख्या ६० हजार ४७५ रहेको छन् । भने पुरुष मतदाताको संख्या ५६ हजार ७८६ रहेका छन् । निर्वाचनमा महिला मतदाताहरुको उल्लेख्य सहभागिता रहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: