८० वर्षीया हजुरआमाको समाजसेवा


प्रकाशित मिति :2017-06-28 13:07:45

-महिला खबर –

काठमाडौं । वर्षले ८० टेकिन्, लमजुङ बेसिशहर नगरपालिका ६ चनौटेकी गुणपति राउत । यो बुढेसकालमा उनको अहिले गाउँभरी चर्चा छ । गाउँमा खानेपानीको हाहाकार भएको बेला गुणपतिले गाउँलेलाई राहत दिएकी छन् ।

उनले झण्डै ९ लाख रुपैया बराबरको ३ आना जग्गा दान गरिन् । अहिले त्यही जग्गामा खानेपानी ट्याङ्की निर्माण भएको छ । खानेपानीबाट झण्डै ३ सय घरधुरी लाभान्वित भएका छन् । खानेपानीको उद्घाटन गर्दै उनले ‘सबैलाई धर्म होस्, जय जय होस् ’भन्दै गुणगान गाइन् । पानीको हाहाकार भएको बेला गाउँमा खानेपानीको लागि सहयोग गर्ने गुणपतिलाई सबैले धन्यवाद समेत दिए । उनले आफ्नो स्वर्गिय श्रीमान् धनबहादुरको सम्झनामा गाउँलेलाई सहयोग गरेका हुन् ।

गुणपति चार छोराहरुको साथमा बस्दै आएकी छिन् । बुढेसकालमा समाजसेवा गर्न पाउँदा उनी निकै खुसी छिन् । गाउँमा खानेपानीको लागि सहयोग गरेको भन्दै गाउँलेले उनलाई दोसल्ला र सम्मानपत्र ओढाए ।

उनी भन्छिन् –‘सबैलाई सहयोग गर्न पाउँ, सबै खुसी रहुँन यहि चाहन्छु ।’ उनी गाउँका सबैलाई भलो हुने काम गर्न सल्लाह दिन्छिन् ।

आठ दशक काटिसकेकी गुणपतिको दिनचर्या नातीनातिनी सँग भुल्दैमा जान्छ । यसभन्दा पहिले पनि गुणपतिले अन्य क्षेत्रमा समेत सहयोग गर्दै आएकी छिन् ।

उनले गाउँमा कालिका मन्दिर लगायत अन्य क्षेत्रमा समेत सहयोग गरेको स्थानीय कृष्ण आलेले बताए । गाउँमा खानेपानीको मर्मत संभार गर्दागर्दै काम नलाग्ने भएको थियो । बृद्धाको सहयोगले खानेपानीको निर्माण सगैँ अहिले सहज भएको उनको भनाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: