पारिवारिक हिंसाको चपेटामा द्वन्द्व पीडित महिला


सशस्त्र द्वन्द्वमा श्रीमान गुमाएका महिलाहरु दोहोरो हिंसामा

प्रकाशित मिति :2017-06-28 14:14:05

-सन्दिप विक –

काठमाडौं । कैलारी गाउँपालिका, ५ पवेरा मनीकापुरकी दुर्गा चौधरीको श्रीमान शसस्त्र द्वन्द्वको क्रममा वि.स २०६० सालमा राज्य पक्षबाट मारिए । विवाह भएको सात महिनामा श्रीमानको मृत्यु भएपछि उनले सहनभूति पाउनुको सट्टा उल्टै घरपरिवारबाट हिंसा सहनु पर्यो ।

दुर्गाले श्रीमानको परिवारलाई नागरिकता बनाईदिन आग्रह गरेकी मात्र थिइन् । नागरिकता नभएकै कारण उनले लामो समय क्षतिपूर्ति समेत पाउन सकिनन् । ‘परिवारले नागरिकता नबनाईदिँदा राज्यबाट पाउने क्षतिपूर्तीबाट समेत लामो समय बञ्चित भएँ, नागरिकता बनाईदिन आग्रह गर्दा सुसुरा र देवरले रक्सी खाएर पिट्थे’–उनले भनिन् । परिवारको दुव्र्यवहार सहन नसकी उनी कति समय त माइत नै गएर बसिन् ।

गाउँमा रहेको मानव अधिकार ग्रामिण विकासको समूहमा बसेपछि उनले घरपरिवारसँग नागरिकताका लागि पहल गरेकी थिइन् । समूहकै सहयोगमा नागरिकता पाउन सफल भईन् । उनले राज्यबाट ५ लाख रुपैँया समेत पाइसकेकी छन् । अहिले चौधरी १३ वर्षको छोरा सहित गाउँमै किनारा पसल गरेर जिवन चलाई रहेकी छन् ।

तनहुँ दमौलीकी मिनु गुरुङको पिडा पनि त्यस्तै छ । श्रीमानको द्वन्द्वकाल (वि.स २०६३) मा कपिलबस्तुको तौलिहवामा भिडन्तमा परी माओवादी पक्षबाट मारिए । श्रीमानको मृत्युपछि उनले पनि धेरै संघर्ष गरिन् । उनले भनिन्–‘श्रीमान नहुँदा घरपरिवार र समाजले हेर्ने दृष्ट्रिकोण नै फरक हुँदो रहेछ । लामो सर्घषपछि मिनुले क्षतिपूर्तीको नाममा एक लाख रुपैँया पाइन् । तर परिवारको साथ नहुँदा उनलाई दुई छोराहरुलाई पालनपोषण गर्न समस्या भएको छ । उनी भन्छिन्–‘पिडित भनेपछि सधैँ पिडित नै भईयो ।’

द्वन्द्वकै क्रममा १४ बर्षअघि माओबादीद्धारा मारिएका सियाराम झाका परिवारले अहिलेसम्म राज्यबाट कुनै सहयोग पाएकी छैनन् । सप्तरीको राजविराज (साविकको बेली गाविस, ३) का झालाई सुराकीको आरोपमा माओवादीले २०६० साल असोज १ गते जितिया पर्वको साँझमा गोली हानेर हत्या थिए ।

राज्यले द्धन्द्ध पिडितको नाममा करोडौं खर्च गरिरहेपनि आफूले क्षतिपूर्तीको नाममा कुनै सहयोग नपाएको श्रीमति आशकुमारीले गुनासो गरिन् । ‘राज्यले द्वन्द्व पिडितलाई क्षतिपूर्ती दिने भनेपनि मैले अहिलेसम्म केही पाएकी छैन ।’ उनले भनिन् ।

वि.स २०५८ सालमा विवाह गरेकी झा का सन्तान छैनन् । आफन्तको सहयोगमा किनारा पसल चलाएर जिवन चलाउदैँ आएकी छिन् । बाँके नेपालगञ्जकी हिमकुमारी घर्ती राज्यले द्वन्द्व पिडित एकल महिलालाई केही नगरेको गुनासो गर्छिन् । उनले भनिन्, द्वन्द्व पिडित एकल महिलाका बालबच्चालाई राज्यले सेवा सुविद्या नदिँदा बालबालिकाको भविष्य समेत अन्यौलमा परेको छ ।’

शान्ति समिति बाँकेको सदस्य समेत रहेकी घर्तीले द्वद्व पिडित एकल महिलाहरु घरपरिवारबाटै हिंसामा पर्ने गरेको बताउछिन् । द्वन्द्व पिडित सुरक्षा छाता संगठनकी रिता कार्कीले समाजमा अझैपनि सकारात्मक सोचको अभावका कारण द्वद्व पिडित एकल महिलालाई हेर्ने दृष्ट्रिकोण नै फरक रहेको बताईन ।

उनले भनिन्–‘समाजमा अझैपनि हामी द्वन्द्व पिडित एकल महिलाहरु विभिन्न कारणले अपहेलित हुनुपरेको अवस्था छ । घरपरिवारको साथ नदिँदा राज्यबाट पाउने क्षतिपूर्ती समेत पाउन सकिराखेका छैनौ । राज्य र घरपरिवारबाटै अपहेलित हुनुपरेको उनको बुझाई छ ।

मानव अधिकारको लागि महिला, एकल महिला समूहकी उमा थापाका अनुसार नेपालमा करिब ६ लाख एकल महिला मध्ये द्न्द्व पिडित एकल महिला ६ हजार भन्दा बढि छन् । उनीहरु कुनै न कुनै रुपमा हिंसाको सिकार हुने गरेको उनले बताईन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: