पहिरोले दुई महिलाको मृत्यु, दुई बालिका बेपत्ता


प्रकाशित मिति :2017-06-28 17:33:51

-महिला खबर-

दोलखा । भीमेश्वर नगरपालिका, ९ लाकुरीडाँडा कुतुदेमा पहिरो जाँदा दुई महिलाको मृत्यु भएको छ भने दुई बालिका बेपत्ता भएका छन् ।

मंगलबार मध्य रातमा गएको पहिरोमा मङ्गले थामीको श्रीमती करिब ३५ बर्षीया शान्ति थामी र छिमेकी ७० बर्षीया लाटी थामीको मृत्यु भएको हो । मङ्गलेकी दुई छोरी १५ बर्षीया रोशनी र १२ बर्षीयसन्तोषी (ऋतु) बेपत्ता छन् । पहिरोले मङ्गले थामी र लाटी थामीको दुई घर बगाएको छ । मङ्गले भने शौचालय गएको समय भएकाले केही नभएको बताइएको छ ।

बेपत्ता दुई बालिकाको खोजि भैरहेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले बताउनुभयो । घट्ना स्थलमा खरीढुङ्गा बेस क्याम्पबाट प्रहरी नायव निरीक्षक (सई) देबबहादुर केसीको कमाण्डमा ३० जना प्रहरी टोली खटिएको उपरीक्षक कार्कीले बताउनुभयो ।

मृतक शान्तिको शव घर भन्दा झण्डै दुई सय मिटर तल क्याथली खोलामा भेटिएको थियो । यस्तै लाटी थामीको शव भने उनको घर भएकै ठाँउमा पुरीएको अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।

घट्ना स्थल पुगेर फर्किएका भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले पहिरोबाट प्रभावित परिवारलाई तत्काल राहतको व्यवस्था गरिएको बताउनुभयो । अविरल बर्षाको कारण लाकुरीडाँडाको कुतुदे, गोगने, डाँडागाँउ, लामपाते र आहालडाँडाका करिब ९५ घर जोखिममा रहेका छन् ।

कुतुदेको भने करिब १५ घर तत्काल अन्यत्र सर्नु पर्ने अवस्थामा रहेको स्थानिय गजेन्द्रबहादुर श्रेष्ठले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: