११० वर्षीया वृद्ध आमाबाट मतदान शुरु


प्रकाशित मिति :2017-06-28 17:00:15

पार्वती पाण्डे

कपिलवस्तु । यहाँको एउटा मतदान केन्द्रमा स्थानिय १ सय १० वर्षिया बृद्धा आमा पुर्णकला ज्ञवालीबाट मतदान शुरु गरिएको छ ।

विहान ७ बजेदेखि शुरु भएको मतदान केन्द्रमा ज्ञवाली परिवारको साथमा त्यसअघि नै आइपुग्नुभएको थियो । उहाँले वाणगंगा नगरपालिका, ११ स्थित घरवुधिया आधारभुत विद्यालयमा रहेको मतदान केन्द्रमा पहिलो मत खसाल्नुभएको मतदान अधिकृत लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

मतदान गर्न पाउँदा निकै खुशी देखिनुभएको ज्ञवालीले देशमा विकास गर्ने राम्रो मान्छेले जित्नु पर्छ भनेर भोट दिएको बताउनुभयो । उहाँले सबै राजनैतिक दलहरु मिलेर काम गरे देशमा शान्ति आउने र आपसमा झगडा नगर्न समेत दलहरुलाई सुझाव दिनुभयो ।

७५ वर्षिया नैनी थारुले पनि खुशीका साथ आफुले मन पर्ने राम्रो मान्छेलाई मत दिएको बताउनुभयो । अव गाउँ ठाउँको राम्रो विकास हुने उहाले विश्वास व्यक्त गर्नुभयो । करिब २० बर्षपछि पटक पटक स्थगित हुदै भएको स्थानिय तह दोस्रो चरणको निर्वाचनमा महिलाहरुले उत्साहपूर्वक मतदानमा भाग लिएका छन् । असारमासको खेतको काम छाडेर पनि उनीहरु आफ्नो जनप्रतिनिधि चुन्न मतदान केन्द्र पुगे । महिलारु ससाना छोरा छोरी काखमा च्यापेर खुशीका साथ मतदान गर्न आएका थिए ।

६ नगरपालिका र ४ गाउँपालिका रहेको कपिलवस्तुमा ७५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख ज्ञानहरी घिमिरेले जानकारी दिनुभयो । जिल्लामा १ लाख २९ हजार ९ सय ४० महिला मतदाता रहेका छन । जसमा २ जना तेस्रो लिंगी समेत रहेका रहेका छन । २०७० सालको निर्वाचनमा कुल २ लाख ३८ हजार ८ सय ४७ मतदाता रहेकोमा १ लाख ९ हजार ८ सय २२ महिला मतदाता थिए ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: