१२ वर्षदेखि ओडारमा


प्रकाशित मिति :2017-06-29 11:48:29

 मिमसिंह नेपाली        

गाउँदेखि पर एकान्त ओडारमा  १२ वर्षदेखि बस्दै आएकी गोला शाही र उनको बासस्थान

हुम्ला।  हुम्लाको सिमकोट गाउँपालिका–८ खोल्सी गाउँ माइती भएकी ७० वर्षीया गोला शाही कुष्ठरोग लागेकै कारण १२ वर्षदेखि ओडारमा बस्न बाध्य छिन् । बझाङ जिल्लाको पिमीनौरा गाउँमा विवाह गरेकी शाही श्रीमान्को मृत्युपछि माइतीको सहाराको आस गरेर हुम्लामा आएकी थिइन् । तर रोग लागेका कारण माइतीले सहयोगको साटो घृणा गर्यो । ‘परिवारका अन्य सदस्यलाई रोग सर्ने भन्दै माइतीले गाउँलेको सहारामा घरबाट निकालिदिए,’ भक्कानिँदै आँखाभरि आँसु पारी उनले दुखेसो पोखिन् । पहिला माइतीमा हँुदा आफूलाई यस्तो रोग नभए पनि श्रीमान्बाट कुष्ठरोग सरेको उनले बताइन् ।

श्रीमान्को मृत्युपछि बेसहारा भएर माइती घरमा आए पनि माइतीको सहयोगभन्दा पनि पीडा सहनुपरेको ७० वर्षीया गोला शाहीको दुखेसो छ । २०४८ सालदेखि कृष्ठरोगले च्यापेपछि उपचारका लागि सबै ठाउँमा चहारेकी शाही सन्चो नभएपछि अहिले खंगालगाउँको लामा खोल्सीको जंगलमा रहेको ओडारमै बस्दै आएकी छन् ।अहिले मेरा हातका औंला छैनन्,’ हात देखाउँदै उनले भनिन्, ‘औंला गुमाउँदा अप्ठ्यारो महसुस भए पनि अहिले बानी परिसकेको छ ।’

कसैले वास्ता नगरेको र आफूलाई घृणा गरेकोमा उनको गुनासो छ । ‘कसैले वास्ता गर्दैनन्, घरछेउमा जानेबित्तिकै कोढिनी आई भन्दै जिस्काउँछन् र हप्काउँदै लखेट्छन्,’ उनले आँसु झार्दै भनिन्, ‘केही खानेकुरा दिँदा पनि टाढाबाटै फाल्ने गर्दा साह्रै दुःख लाग्छ ।’माइतीको घर लगाउँदा आफूले निकै काम गरे पनि अहिले आफू बेसहारा हुँदा वास्ता नगरेकोमा उनको चित्त दुखेको छ । ओडारमा बसेकी शाहीलाई न खानेकुरा छ न त सुत्ने कपडा छ । गाउँगाउँमा गएर माग्न नसके भोकै बस्नुपर्छ । खोलानजिक ओडारमा एक्लै बस्नुपर्दा शाहीलाई डर लाग्छ ।

आफू सानै हुँदा फुपूलाई बिराम लागेको र उपचारका लागि बुबाले सहर लगे तापनि सन्चो नभएपछि अरूलाई सर्ने डरले ओडारमा बसाएकोे शाहीका भदा ज्ञानेन्द्र शाहीले बताए । समुदायका अन्य मानिसले पनि आप्mनो घरपरिवारलाई नराम्रो दृष्टिले हेर्ने र एक्ल्याउन थालेपछि बाध्य भएर फुपूलाई ओडारमा राखेको उनको भनाइ छ । ओडारमा राखे पनि खान अपुग भएको खण्डमा आफूले पटकपटक ओडारमै पु¥याउने गरेको शाहीकी भाउजू जुलाफीले दाबी गरिन् ।

सरकारले कुष्ठरोगीको निःशुल्क उपचार गर्दै आएको छ । तर यी वृद्धाले १२ वर्षदेखि घरबाट विस्थापित हुनुपरेको छ भने उपचार अभावमा पीडा सहनुपरेको छ ।

साभार : राजधानी दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: