हस्तकलाको सामानले बजार प्रतिस्पर्धा गर्नै मुस्किल


प्रकाशित मिति :2017-06-29 16:26:40

महिला खबर

काठमाडौं । आफुले बनाएको हस्तकला सामाग्री विक्री गर्न काठमाडौं आएकी सिराहाको लहानकी पार्वती चौधरी (६४) घर फर्किने दिन खुसी थिएनन् ।

न सोचेको जस्तो विक्री भयो, न त मेहेनेत गरेजस्तो आम्दानी । हस्तकलाका सामाग्री बनाउदा समय, मेहनत र पैसा बढी खर्च हुन्छ । त्यसैले बजारको समान भन्दा अलि महगों भएपनि टिकाउ हुने पार्वतीले बताइन् ।

परम्परागत थारु संस्कृतिको महत्व बोकेका यस्ता हस्तकला साम्रागीहरुको माग घटेको उनको अनुभव छ । उनले जिल्लामै महिला हस्तकला उद्योग खोलेकी छन् । त्यसमा आवद्ध एक सय ९ जना महिलाहरुले फुर्सदमा मुज र कासको बोहोवाट हस्तकला सामाग्री बनाउने गर्दछन् ।

गाउँमा सहजै पाउने, तर खेर गईरहेका त्यस्ता कच्चा पदार्थको प्रयोग गरेर उनीहरुले गहना राख्ने बाकस, कलमदानी, महिलाले बोक्ने झोला, फाईल, पर्स, फलफुल, रोटी राख्ने भाँडा, टी म्याट, हट म्याटल ढकीया, मुडा, कलम राख्ने बक्स आदी सामाग्री बनाउदै आएका छन् । महिलाहरुले बनाएका यस्ता समाग्री उनले किनेर विक्रीको व्यवस्था मिलाएको छ । तर उनी मेहेनेत अनुसारको कमाइ नहुँदा निरास छिन् ।

बजारको राम्रो व्यवस्था भए घरको कामसंगै हस्तकला सामाग्री बनाएर मासिक ६ हजार भन्दा माथि कमाई गर्न सकिने उनी बताउछिन् । तर पहिले जस्तो व्यापार नभएको उनले सुनाइन् । ‘पहिला हस्तकला समाग्रीको माग धेरै थियो, अहिले प्लाष्टिकका सामाग्रीले ठाउँ लिएको छ ।’ उनले भनिन् । चिन्नेले सहजै किनेपनि कतिपयले मन पराएपनि महँगो भयो भन्दै नकिन्ने गरेको उनले अनुभव सुनाइन् ।

आधुनीक प्रविधि र आधुनीक डिजाइन बनाएर बेच्न सके धेरै राम्रो हुने उनले बताइन् । यसका लागि महिलाहरुलाई प्रविधिमैत्री तालिमहरु आवश्यक छ । उनी आफै पनि नयाँ प्रविधि र डिजाइन बनाउने सोचाइमा छिन् । ‘परम्परागत डिजाइनका सामान संगै आधुनीक डिजाइनका सामाग्री बनाउन सकेमा राम्रो कमाई हुने हुन्छ सोचेकी छु जसले त्यसैले अब आधुनीक डिजाइनमा सामाग्री बनाउने तयारीमा छौ । ’

घरेलु तथा साना उद्योग कार्यालय सिराहाका प्रमुख राजेन्द्र कर्णले स्थानीय स्रोतसाधनको प्रयोग गरि स्थानीयले नै गरेर आर्यआर्जन गरुन भन्ने उद्देश्यले व्यावसायिक तालिमहरु दिर्दै आएको बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: