मिथिला चित्रकलामा तराईका महिलाको आकर्षण बढ्दो


प्रकाशित मिति :2017-06-29 17:20:17

महिला खबर

सिराहा । सिराहाका महिलाहरु मिथिला चित्रकलाप्रति आकर्षित हुन थालेका छन् । मिथिला क्षेत्रमा यस्ता चित्रकला प्रशिक्षण, कार्यशाला तथा प्रदर्शनी हुन थालेपछि मिथिला आर्टमा महिलाको आकर्षण बढेको हो ।

मिथिला कलालाई व्यवसायको रुपमा अगाडी बढाएका तराईका महिलाहरु आत्मनिर्भर भएका छन् । घरमै बसेर मिथिला आर्ट गर्ने तराईका धरै दिदीबहिनीको आम्दानी श्रोत भएको गीता कुमारी ठाकुरले बताउनुभयो ।

मिथिला कलाको प्रशिक्षक समेत रहेकी ठाकुरले मिथिला आर्टबाट भएको आम्दानीबाट नै महिलाहरुले बालबच्चाको पढाई खर्च जुटाएका बताउनुभयो । सिराहाको विद्यानगरमा जारी रहेको चित्रकला प्रदर्शनीको प्रशिक्षक सुलोचना कर्णले मिथिला कलाको बजार विस्तार गर्न सके महिलाहरुको अझ रोजगारी बढ्ने बताउनुभयो ।

मिथिला आर्ट ग्रामिण महिलाहरुको आय आर्जनको राम्रो श्रोत हुने उहाँ बताउनुहुन्छ । मिथिला चित्रकलाको अमेरिका, न्युजिल्यान्ड र चाईना लगायतका देशबाट बढि माग आउने गर्छ । नेपालका बजारमा पनि यो कलाको त्यतिकै माग छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: