‘निरुको पुस्तक मोह’


प्रकाशित मिति :2017-06-30 11:01:56

–सन्दिप वि.क –

काठमाडौं । काठमाडौंको जमलमा हरेक दिन किताबकै पानामा भुलिरहेकी हुन्छिन् काभ्रे बनेपा घर भई हाल काठमाडौं ज्यार्खा बस्दै आएकी ३९ वर्षीय निरु श्रेष्ठ । पेशाले उनी व्यापारी । पढाई कक्षा पाँच । तर  रुची भने पुस्तक पढ्ने । ग्राहक नआएको समय उनी पुस्तक पढेर खुब सदुपयोग गर्छिन् । सेताबाघ, सेतो धर्ती, टुँडाल, गौरी, चिना हराएको मान्छे, जीवन काडाँ की फूल लगायत ५० भन्दा बढि बहुचर्चित पुस्तक पढिसकेकी छिन् निरुले ।

अहिले उनको हातमा आइपुगेको छ, कर्ण शाक्यको ‘सोच’ । त्यो पनि निरुले पढेको देखेर कसैले उपहार दिएको पुस्तक । अहिले उनलाई यहि पुस्तकले भुलाएको छ । यसै पुस्तकको पानामा डुबिरहेकी छिन् उनी ।

उनी भन्छिन्,–‘सोच पढेर मेरो सोच नै परिवर्तन हुँदैछ । धरै राम्रो रहेछ । २-३ दिनमा यो किताब पनि पढेर सक्छु । यसरी निरुले किताब पढ्न थालेको दुई बर्ष भयो । उनी कहिले पुस्तक किनेर पढ्छिन त कहिले भाडामा ल्याएर । भाडामा पुस्तक ल्याउँदा उनले २ दिनको एक सय रुपैँया तिर्नुपर्छ ।

भाडामा ल्याएर धेरै पुस्तक पढि सकेकी छिन् निरुले । बाल्यकालमा निरुलाई पढ्ने खुब इच्छा थियो । घरायासी कारण कक्षा ५ बाटै स्कूल छोड्न बाध्य भइन् निरु । अहिले त्यो इच्छा पुरा गर्दै छिन् उनी ।
उनी भन्छिन्,–‘नपढ्दा धेरै पछि परिदो रहेछ । अझै लेख्न राम्रोसँग आउँदैन, अङ्ग्रेजी त केही बुझ्दीन् । कहिले त झोला बोकेर स्कूल नै पढ्न जाऊ कि जस्तो हुन्छ ।’

निरुले सबैभन्दा पहिले पढेको पुस्तक सेतो बाघ । उनी सम्झदैँ भन्छिन्, –‘सेतो बाघ मैले ८-९ दिन नै लाग्यो । त्यो बेला खरर पढ्न सक्दैनथ्ये । अक्षर चिन्न साह्रै गाह्रो हुन्थ्यो । अहिले त पढ्न सक्छु ।’

मन परेको पुस्तक

मलाई दुःख भुलाउने पुस्तकहरु मन पर्छ । जसले आफूलाई दुःख भुलाउन प्रेरणा दियोस् । अहिले पढेका पुस्तक मध्ये खुब मन परेको पुस्तक डा.चित्र वाग्लेको चित्कार हो । जुन उहाँको
जीवनमा आधारित भएर लेखिएको पुस्तक हो । जहाँ डा. चित्रले गरेका योगदानहरु चर्चा छ । अर्को सन्देश मुलक, प्रेरणा दायिक जिवनीहरु पनि पढ्छु ।

पुस्तक पढ्दा आत्मबल बढ्छ

पुस्तक पढ्दा र नपढ्दा धेरै फरक हुँदो रहेछ । हरेक दिन पत्रपत्रिकामा बजारमा नयाँ कुन–कुन पुस्तकहरु आए भनेर हेर्ने गर्छु । पुस्तक पढ्दा धेरै आत्मबल बढेको छ । जिवनमा धेरै संघर्ष गर्नुपर्ने रहेछ भन्ने अनुभव भएको छ । पुस्तकहरुले कहिले रुवाउँछ, कहिले हँसाउँछ । पुस्तक पढ्नाले आत्मबल दह्रो हुन्छ ।

श्रीमानले अर्को विवाह गरेपछि

करिब २० वर्षअघि ९-१० वर्षको उमेर हुँदा काभ्रेको बनेपाबाट काठमाडौं आइपुगेकी थिइन् निरु । उनको बाबुआमा काठमाडौंमै व्यापार गर्नुहुन्थ्यो । निरु काठमाडौं आएर सिलाई तालिम पनि सिकिन् तर मन भने व्यापारमै गयो । काठमाडौंको रत्नपार्क, भृकुटी मण्डव, भोटोहिटि लगायतका स्थानहरुमा फुटपातमा व्यापार गर्न थालिन् ।
व्यापार गर्दा गर्दै १६ वर्षको उमेरमा निरुको गाउँ नजिकैको केटासगँ विवाह भयो । विवाह भएपछि पनि निरु काठमाडौंमै बसिन् । दुई छोरी जन्माइन् । छोरीहरु कक्षा १२ पढ्ने भई सकेका छन् । तर छोरा नभएकै कारण उनका श्रीमानले २०६१ सालमा अर्को विवाह गरे । श्रीमानसँग छुट्टिएपछि उनी छोरीहरुलाई हुर्काउदै बसेकी छन् ।  उनले भनिन्–‘छोरा नभएकै कारण श्रीमानले अर्को विवाह गर्नुभयो, अहिले अर्को श्रीमतीबाट छोरा भएको छ । आफ्नो भागको सम्पत्ती त पाँए । तर बहुविवाहको मुद्धा भने हालिन् । ’

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: