पहिरोमा बेपत्ता सन्तोषीको शव भेटियो


प्रकाशित मिति :2017-06-30 13:44:31

–महिला खबर–

दोलखा । मंगलवार रातिको पहिरोमा परी बेपत्ता भएको भीमेश्वर नगरपालिका, ९ लाकुरीडाडाँ कुदुतेकी १२ वर्षीया सन्तोषी थामीको शव भेटिएको छ । उनी मङ्गले थामीको छोरी हुन ।

उनको शव पहिरोले पुरेको घर भन्दा झण्डै तीन सय मिटर तल क्याङथली खोला किनारमा भेटेको वडा नम्बर ९ का जनप्रतिनिधि किरण ओली केसीले जानकारी दिनुभयो । पहिरोले मङ्गले थामी र लाटी थामीको घर बगाउदा चार जना बेपत्ता भएका थिए ।

बेपत्ता मध्ये ७० वर्षकी लाटी थामी र मङ्गले थामीको श्रीमती शान्ती थामीको शव बुधवार भेटिएको थियो । पहिरोमा बेपत्ता भएकी सन्तोषीको दिदी १५ बर्षिय रोशनी थामीको खोजि जारी रहेको जनप्रतिनिधि ओलीले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: