‘वीमन इरा मिडिया ग्रुप’ स्थापना


प्रकाशित मिति :2017-06-30 14:07:16

महिला खबर

 
कामठाडौं । महिला सशक्तिकरणको उद्देश्यले ‘वीमन इरा मिडिया ग्रुप’को स्थापना गरिएको छ । सञ्चारकर्मी÷अधिकारकर्मी एवं सर्जक समेत रहनुभएका प्रतिमा राईको नेतृत्वमा स्थापित उक्त गु्रुपको लोगोको बुधवार राजधानीमा सर्जकद्वय उषा शेरचन, मोमिला जोशी र नेपाल पत्रकार महासंघका उपाध्यक्ष अनिता विन्दुले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो ।

मोफसल (धरान)मा बसेर ‘वीमेन इरा मासिक’ पत्रिका प्रकाशन÷सम्पादन गर्दै आउनुभएकी राईले उच्च शिक्षा अध्ययनको लागि राजधानी आउँदा सो पत्रिका प्रकाशनको दौरानमा बनेको जुझारू गु्रुप र राजधानीमा सक्रिय विशेष गरी महिला सञ्चारकर्मी र सर्जकलाई पनि समेटेर क्रियासिल रहने विशेष लक्ष्यको साथ वीमेन इरा मिडिया गु्रपको सुरूवात गरेको जानकारी दिनुभयो ।

सो अवसरमा आयोजित कवि गोष्ठीमा सर्जकहरू उषा शेरचन, मोमिला जोशी, प्रतिमा राई, विमला तुम्खेवा, रमा घिमिरे, सविता श्रेष्ठ ‘वेहोसी’ र मन्दिरा कोइराला लगायत बाह्र जनाले कविता, मुक्तक वाचन गर्नुभएको थियो ।
सञ्चारकर्मी राईले यस गु्रुपमा महिला सर्जक÷सञ्चारकर्मीको सहभागीता रहने बताउनुभयो । सञ्चारमार्फत समाजमा सुचना÷खबरदारी गरी महिलाको जीवन उकास्ने, सिप, शिक्षा, गीत÷सङ्गीतको प्रवद्र्धनका लागि काम गर्ने उहाँले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: