आठ वर्षको संघर्षपछि पबिताले पाइन नागरिकता


समाचार प्रभाव

प्रकाशित मिति :2017-06-30 14:04:44

महिला खबर

काठमाडौं । गोरखाकी पबिता दर्जी (बबिता बर्देवा) ८ बर्षको संघर्षपछि बंशजको आधारमा नागरिकता पाएकी छन् ।

पबिताले २०७३।१०।२९ गते जिल्ला प्रशासन कार्यालय गोरखाबाट बुबा सेते दर्जीको नामबाट नागरिकता पाएकी हुन् । बंशजको आधारमा नागरिकता पाउनुपर्छ भन्दै ८ बर्षसम्म वडा देखी जिल्ला प्रशासन धाइन् । तर विवाहित महिलाले श्रीमानको नामबाट नागरिकता लिनुपर्छ भन्दै उनलाई नागरिकता दिनबाट बन्चित गरीएको थियो ।
पबिताले नागरिकता नपाएको समाचार महिला खबर डट कम र समकोण कार्यक्रम मार्फत केही महिनाअघि प्रकासन तथा प्रसारण गरेको थियो । त्यसपछि दवाव स्वरुप जिल्ला प्रशसन कार्यालय गोरखाले उनलाई नागरिकता दिएको पबिताले बताइन् ।

काठमाडौमा बस्दा छोटो चिनजानमै प्रेम विवाह गरेकी पबिता श्रीमानले धोका दिएपछि पीडित हुन पुगेकी थिइन् । श्रीमानको नाम अशोक भन्ने मात्रै थाहा पाएकी पबिताले उनको जात, ठेगाना थाहा पाइनन् । उनी भन्छिन,‘सँगै झोला कारखानामा काम गर्दा प्रेम भयो, त्यसपछि विवाह गरी काठमाडौंमा बसियो, तर अचानक उनी कहाँ गए पत्तै पाईंन ।’

अशोकसँगको सम्बन्धबाट जन्मिएको उनको छोरा हाल आठ वर्षको भइसकेका छन् । ‘विवाह दर्ता गरौं, नागरिकता बनाउँ भन्दा आलटाल गरिरहेका थिए, तर यसरी एक्कासी छोडेर जालान् भन्ने लागेको थिएन,’ उनी भन्छिन् ।

नागरिकता बनेपछि केही गरीखाने बाटो खुलेको उनी बताउँछिन् । ‘पहिला नागरिकता नहुदा सानोतिनो व्यापार गरु या केही काम गरु भन्दा पनि पाइदैन थियो अब नागरीकता पाएकी छु । गरीखाने बाटो खुलेको छ’ पबिताले भनिन् ।

नागरिकता नहुँदा छोरोको जन्मदर्ता समेत नभएका कारण स्कुल पढ्नबाट बन्चित भएकाले उनी अहिले छोराको जन्मदर्ता गराउन काठमाडौंबाट गोरखा पुगकी छन् । ‘छोराको जन्मदर्ता नहँुदा स्कुल जान पाएको छैन, त्यसैले छोराको जन्मदर्ताका लागि गोर्खा आएको हुँ, तर जन्मदर्ता नहुने होकि भन्ने चिन्त्ता छ ।’ उनले भनिन् ।
नेपालको संविधान २०७२ को धारा १० र १२, नेपालको नागरिकता ऐन २०६३ को ३ (१) ले कुनै पनि नेपालीलाई नागरिकताबाट बञ्चित गर्न नमिल्ने व्यबस्था गरेको छ । बुबा, आमा, नेपाली नागरिक हो भने निजका सन्तानले बंशजकै आधारमा नागरिकता लिन सक्ने व्यवस्था छ ।

पहिले प्रकाशित भएको समाचार

श्रीमानले बच्चा दिए, नागरिकता दिएनन्

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: