सुनसरीमा ५२ प्रतिशत महिलाले मतदान गरे


प्रकाशित मिति :2017-06-30 13:54:20

–महिला खबर–

सुनसरी । बुधबार भएको स्थानीय तह दोस्रो चरणको निर्वाचनमा सुनसरी जिल्लामा ५२ प्रतिशत महिलाले मतदान गरेका छन् ।

४ नगरपालिका र ६ गाउँपालिकामा कुल ३ लाख १३ हजार ७४२ मत खसेको थियो । जसमा ५२ प्रतिशत अर्थात् १ लाख ६५ हजार १ सय ७७ जना महिलाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै १ लाख ४८ हजार ५ सय ६५ पुरुषले मतदान गरेका थिए ।

मतदाता बढि महिला भएपनि उमेद्धवार वनाउने सवालमा भने दलहरुले प्रमुख पदमा महिलालाई टिकट दिन कञ्जुस्याँई गरे । सुनसरीका १२ स्थानीय निकायमा ११८ जना पुरुषले प्रमुख पदमा उमेदवारी दिँदा १२ जना महिलालाई मात्र उठाएका छन् ।

उपप्रमुखमा भने २६ जना पुरुष हुँदा ८० जना महिला छन् । यसैगरि वडाध्यक्षहरुमा सात सय २० जना पुरुष उमेदवार हुँदा महिला भने ४० जना मात्र छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: