सुरेल महिलाको अवस्था पुर्ननिर्माणलेअध्ययन गर्ने


प्रकाशित मिति :2017-06-30 14:46:57

-महिला खबर-

दोलखा । भूकम्प प्रभावित सुरेल महिलाहरुको नाम लाभग्राहिको सूचीमा समावेशको लागि पहल गरिने पुर्ननिर्माण प्राधिकरण दोलखाले जनाएको छ ।

प्राधिकरणका प्रमुख सागर आचार्यले आर्थिक अवस्था नाजुक रहेको र लाभग्राहिको सूचीमा नाम समेत नभएकोले जोखिम मोलेर बस्न बाध्य उनीहरुको नाम छुट्नुको कारण पत्ता लगाई लाभग्राहीको सूचीमा समावेश गर्न पहल गर्ने बताउनुभएको हो ।

७९ वर्षकी जुनकी सुरेलले महिलाखबरसँग भूकम्प प्रभावित लाभग्राहिको सूचीमा नाम समेत नहुँदा सरकारी अनुदान नआउने भएकोले चर्किएकै घरमा बस्न बाध्य भएको बताएकी थिईन् । श्रीमान्को मृत्यु भई सकेको र छोराहरु अलग अलग बस्ने भएकोले आफु एक्लै चर्किएको घरमा बसेको जुनकीको गुनासो थियो ।

उनीजस्तै २ सय ३७ जनसंख्या भएको लोपोन्मुख सुरेल जातिका ११ जना एकल महिलाको लाभग्राहिको सूचिमा नाम नभएको र आर्थिक अवस्था समेत नाजुक रहेकोले जोखिम मोलेर भुकम्पले चर्किएको घरमा बस्न बाध्य भएको खबर महिलाखबर अनलाईनले प्रकाशित गरेको थियो ।

समाचार प्रकाशित भएपछि पुर्ननिर्माण प्राधिकरण दोलखाका प्रमुख आचार्यले लोपोन्मुख सुरेल जातिकोमात्र नभै लाभग्राहिको सूचिमा नाम छुटेका दोलखाका हरेक भुकम्प पीडितको बारेमा तथ्याङ्क सङ्कलन गरी सूचीमा नाम समावेश गर्न पहल गरिने बताउनुभएको हो ।

यो पनि हेर्नुहोस् 

जोखिम मोलेर बस्न बाध्य छन् सुरेल महिला

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: