गर्भवती महिलाको हेलिकप्टरबाट उद्वार


प्रकाशित मिति :2017-07-02 12:48:24

-महिला खबर –

काठमाडौं । गोरखाको उत्तरी भेग चुमनुब्री गाउँपालिका ६ चुम्चेत गो गाउँकी एक भर्गवती महिलाको हेलिकप्टरबाट उद्वार गरिएको छ ।

सुत्केरी व्यथाले च्यापेको २४ घण्टासम्म शिशु नजन्मिएपछि २९ वर्षीया पासाङ भुटी लामाको शनिबार हेलिकप्टरबाट उद्वार गरिएको हो ।

आर्थिक अवस्था कमजोरी भएकी लामाको जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाका प्रमुख केदारराज पराजुली र चुम्चेत घर भई हाल काठमाडौँमा रहेका धावा ग्लाल्जेन लामाको पहलमा उद्वार गरिएका हो ।

लामालाई परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली काठमाडौमा उपचार गरिएको छ । शिशुको भने मृत्यु भएको धावाले बताउनुभयो ।

जनस्वास्थ्य प्रमुख पराजुलीले हेलिकप्टर चार्टरको खर्च कम्तिमा दुई लाख लाग्ने र सो रकम कार्यालयले व्यवस्थान गर्ने बताउनुभयो ।

सदरमुकामबाट झण्डै चार दिनको पैदलयात्राबाट पुगिने चुम्चेतमा स्वास्थ्य सेवा राम्रो नहुँदा सर्वसाधारण मर्कामा पर्दै आएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: