हिंसा नियन्त्रणमा जुट्दै महिला


प्रकाशित मिति :2017-07-02 14:41:27

विदुर आचार्य

सिन्धुपाल्चोक । पहिले घरभित्रै हिंसा हुँदा आवाज उठाउन नसक्ने वलेफीका महिलाहरु अहिले महिला समूह मार्फत महिलामाथि हुने हिंसा नियन्त्रणमा जुटेका छन् ।

‘कुनै नौलो मान्छेसँग बोल्न समेत डर लाग्थ्यो तर अहिले आफ्नो कुरा सवै सामु भन्न सक्ने भएकी छु’ वलेफी–६ की लक्ष्मी चौलागाईको भनाइ हो यो । उहाँलाई अहिले अधिकार नपाए न्याउ पाउने निकायको समेत जानकारी छ । उहाँ आफ्नो गाँउमा महिला हिंसा, दुव्र्यवहारको विरोध गर्न सक्ने हुनुभएको छ ।

‘अब कसैले झुक्याउन सक्दैन’, लक्ष्मी थप्नुहुन्छ्, ‘गाउँका सबै महिलाहरु एकजुट भएका छौं । हामी सवै मिलेर महिला हिंसा र वेचविखन विरुद्धको काममा लाग्नेछौ ।’ लक्ष्मी मात्र होइन अहिले जिल्लाका अधिकांश महिलाहरु अधिकारबारे सचेत भएका छन् । ‘महिला पुरुषवीचको समानता कायम गर्न सके धेरै समस्या घट्ने छ ।’ त्रिपुरासुन्दरीकी अप्सरा खड्काले भन्नुभयो, ‘कामको समान बाँडफाँड र समान अवसर प्रदान गर्न सके समाज सुन्दर हुन्छ ।’

वलेफी–६ की गोरीमाया तामाङ घरेलु मदिराका कारण अधिकांश घरेलु हिंसा हुने गरेको तर्क गर्नुहुन्छ । ‘काम नगर्ने, दिनभरी तास खेल्यो, रक्सी खायो अनि घरमा सँधै झगडा हुन्छ ।’ गोरीमाया भन्नुहुन्छ,‘जाँड रक्सी रहित गाँउ वनाउन सकेमा हिंसा स्वत घट्छ ।’ उहाँले आफ्नो गााउलाई मदिरा मुक्त बनाउन पहल गर्ने योजना समेत सुनाउनुभयो ।

गाउँका महिलाहरु एकजुट भएपछि समाजमा हेपिने अवस्था कमी हुँदै गएको छ । स्थानीय सरकारमा महिलाको सहभागिता वृद्धि, हरेक निकाय तहका सिमितिमा अनिवार्य महिलाको उपस्थिति, व्यवसायिक काममा महिलाको उल्लेख्य भूमिकाले महिलाको अबस्थामा निकै सुधार आएको महिला विकास कार्यालयकी निमित्त प्रमुख नानीमैया बस्नेतले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: