महिला आयोग दुई वर्षदेखी कार्यवाहकको भरमा


महिला आयोगमा दुई बर्षदेखि पदाधिकारी नियुक्ती हुन सकेन

प्रकाशित मिति :2017-07-02 16:52:52

खेमा बस्नेत

काठमाडौं । राज्यको संवैधानिक निकाय राष्ट्रिय महिला आयोग दुई वर्षदेखी पदाधिकारी विहिन बनेको छ ।

अध्यक्ष सहित पाँच जना पदाधिकारी हुने व्यवस्था भएतापनि दुई वर्ष ३ महिनादेखी एक जना कार्यवाहक अध्यक्षको भरमा मात्रै चल्दै आएको छ । भगवती घिमिरे आयोगको कार्यवाहक अध्यक्ष तथा एक्ली पदाधिकारी हुनुहुन्छ ।

आयोगका अध्यक्ष शेष चाँदताराको २०७१ कात्तिक २७ मा, कार्यवाहक अध्यक्ष मनु हुमागाई, सदस्य धनेश्वरी कुमारी चौधरी र उर्मिलादेवी विश्वकर्माको चैत ५ मा पदावधि सकिएको थियो । अर्को सदस्य मोहना अन्सारीको २०७१ साल जेठ १८ मा नै पदावधि सकिएको थियो ।

२०७१ कार्तिकमा सदस्यमा नियुक्ती हुनुभएकी घिमिरेको कार्यकाल पनि अबको करिब डेढ बर्षमा सकिदैछ । आयोगको पदाधिकारीको पदावधि ४ बर्षको हुने व्यवस्था छ ।

महिलाका हक अधिकार स्थापित गर्ने र हिंसामा परेका महिलालाई न्याय दिलाउने जिम्मेवारी बोकेको महिला आयोगमा पदाधिकारी नियुक्ती हुन नसक्दा सम्पूर्ण जिम्मेवारी सम्हानुपरेको कार्यवहक अध्यक्ष घिमिरेले बताउनुभयो ।

‘एक्लै हुँदा कामको बोझ बढी छ । तर सकेसम्म आयोगमा आएका मुद्धाहरु सुनुवाइ गर्ने र पीडितका मुद्धालाई विषेश ख्यालमा राखेर हेर्ने गरेकी छु’ घिमिरेले भन्नुभयो । तर काम गर्न सहज भने नभएको उहाँले बताउनुभयो ।

राष्ट्रिय महिला आयोगका पूर्व सदस्य धनकुमारी सुनारले आयोग पूर्ण नहुँदा महिलाका धेरै मुद्धा ओझेलमा परेको बताउनुभयो । ‘महिला हिंसाका घटना रोक्न, पीडितलाई न्याय र पिडकलाई सजाय दिन दबाब दिनुपर्ने हो । नयाँ बनिरहेका १३८ कानुनमा महिला सम्बन्धि कस्ता नीति ऐन बनाउने त्यसको लविङ्ग हुन सकेको छैन । जसले गर्दा महिला धेरै मुद्धा ओझेलमा परेको छन्’ सुनारले भन्नुभयो । बनेका नीति नियम कार्यान्वयन गर्न पनि आयोगलाई प्रयाप्त स्रोेतसाधन नभएको उहाँले बताउनुभयो । आयोगले पूर्णता नपाउँदा स्थानीय सरकारको प्रमुख पदमा महिलालाई पुरयाउन दवाव नपुगेको उहाँको भनाई छ ।

नेपाली कागं्रेस नेत्री तथा सांसद महालक्ष्मी उपाध्ययले महिला आयोगलाई संवैधानिक अगं बनाउने जोड दिएकाले यो विधेयक संसदमा पास गर्ने प्रक्रियामा भएकाले केही महिनाभित्र पदपुर्ती हुने बताउनुभयो ।

‘हामीले संवैधानिक अगं बनाउनका लागि विधेयक पास गर्ने प्रक्रियामा पदाधिकारी खाली भएको हो । पदपूर्तीका लागि मन्त्रीमण्डलमा पहल गरेका छौ । मन्त्रीमण्डल विस्तारसगै पदपूर्ती हुन्छ ।’ उपाध्ययले भन्नुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: