सुत्केरी महिला उपाध्यक्ष र सदस्यमा विजयी


प्रकाशित मिति :2017-07-02 17:11:47

-महिला खबर –

काठमाडौं । पाँचथरको फालेलुङ गाउँपालिका, ८ की मिनाकुमारी विश्वकर्मालाई अहिले बधाई लिन भ्याइनभ्याई छ ।

माओवादी केन्द्रको तर्फबाट वडा नं ८ को दलित महिला सदस्यमा निर्वाचित भएसगै मिना ३५ दिनको छोरी काखमा च्यापेर विजयी जुलुसमा सहभागि हुनुभएको छ । चुनाव प्रसार प्रसारको समयमा उहाँ करिब २-३ हप्ताको सुत्केरी हुनुहुन्थ्यो । उहाँ छोरीलाई काखमा च्यापेर अभियानमा लाग्नुभएको थियो ।

मिना जस्तै बैतडीकी सुर्नया गाउँपालिकाकी लिला विष्ट सुत्केरी भएको ३ महिना भयो । तर सुत्केरी अवस्थामै पार्टीले टिकट दिएपछि उहाँ अहिले गाउँपालिकाको उपाध्यक्ष बन्नुभएको छ । सुत्केरी मान्छे त्यसमाथि जेष्ठ र असारको घाम र पानी नभनी विठयूँमा २÷३ महिनाको बच्चा च्यापेर चुनावी अभियानमा लाग्नुभएको थियो ।

उहाँले भन्नुभयो, –‘सुत्केरी अवस्थामा यो झरीमा जनताको घरदैलोमा पुग्दा गाह्रो भएको थियो । जनताले माया गर्नुभयो, मलाई विश्वास गर्नुभयो, अब जनताको सेवा गर्नुछ ।’
लामो समयदेखि जनप्रतिनिधी बिहिन हुँदा ग्रामिण क्षेत्रमा धेरै समस्या भएको भन्दै गाउँको विकास गर्ने जिम्मा आफ्नो काँधमा आएको उहाँले बताउनुभयो ।

सुर्नयाबासिले आफूलाइ बिश्वास गरेर भोट दिएर जिताएकोमा धन्यबाद दिदँै विस्टले अब आफू कुनै पार्टीको नभएर सबै जनताको प्रतिनीधि भएर काम गर्ने बताउनुभयो । उहाँले २३०४ मत ल्याउनुभएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: