वन पैदावरमा आधारित उद्योगमा महिला न्युन


प्रकाशित मिति :2017-07-03 11:46:00

सर्मिला बुढाथोकी

दोलखा । जिल्लामा रहेका वन पैदावारमा आधारित उद्योगहरुमा महिला उद्यमीको संख्या अत्यन्त न्युन रहेको छ । जिल्ला वन कार्यालय दोलखाले आर्थिक वर्ष ०७२/०७३ मा प्रकाशन गरेको वार्षिक प्रतिवेदन अनुसार बन पैदावारमा आधारित उद्योगहरुमा उद्योगीको रुपमा ८ जना महिलाको मात्र संलग्नता रहेको देखिएको छ ।

तथ्याङ्क अनुसार घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय दोलखामा आर्थिक वर्ष ०७२/०७३ सम्ममा दर्ता भएका ५३ वटा फर्निचर उद्योग मध्य ४ वटा उद्योगमा मात्र महिला उद्यमीको संलग्नता रहेको देखिएको छ । तथ्याङ्क अनुसार २०६२ सालमा दर्ता भएको थङमी फर्निचर उद्योगमा चिम्सी थामी, पारो थामी र सानी थामी उद्योगीको रुपमा रहेका छन् ।

त्यसैगरी २०४२ सालमा दर्ता भएको साना किसान भूमे फर्निचर उद्योगमा देवी थामी, २०६४ सालमा दर्ता भएको भूमेथान फर्निचर उद्योगमा कल्पना वस्नेत तथा २०६९ सालमा दर्ता भएको कल्पना फर्निचर उद्योगमा थकमाया घिमिरे उद्योगी÷सञ्चालक रहेका छन् । त्यसैगरी आर्थिक बर्ष ०७२/०७३ सम्ममा दर्ता भएका २४ वटा कागज उद्योगमा एक जनामात्र महिला उद्यमी सञ्चालक रहेका छन् । २०५७ सालमा दर्ता भएको भीमेश्वर कागज उद्योगमा सरिता श्रेष्ठ सञ्चालक (उद्यमी) रहेका छन् ।

त्यसैगरी आर्थिक बर्ष ०७२/०७३ सम्ममा दर्ता भएका ३४ वटा समिल तथा भेनियर उद्योगमा एक जनामात्र महिला उद्यमी सञ्चालक रहेकी छन् । २०६९ सालमा दर्ता भएको पवित्रा सः मिलमा पार्वती तमाङ उद्यमी रहेका छन् । आर्थिक वर्ष ०७२÷०७३ सम्ममा जिल्लामा १७ वटा सुगन्धित तेल उद्योग दर्ता भए पनि महिला उद्यमी÷ सञ्चालक शुन्य रहेको छ । तथ्याङ्क अनुसार दोलखा जिल्लामा सामुदायिक वन ४ सय २२ वटा, कवुलियत वन १ सय ८५ वटा, निजी वन १८ वटा र धार्मिक वन एउटा गरी ६ सय २६ वटा सामुदायिक वन रहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: