दलित महिला गाँउपालिकाको उपाध्यक्ष निर्वाचित


प्रकाशित मिति :2017-07-03 13:50:51

महिला खबर

सुनसरी । धनकुटाको चौबिसे गाउँपालिकाको उपाध्यक्षमा दलित समुदायबाट यज्ञकुमारी रुचाल विजयी हुनुभएको छ । एमालेबाट उमेदवार हुनुभएकी रुचालले संघीय समाजवादी फोरमका उपेन्द्र लावतीलाई करिब हजार मतको अन्तरले पछि पार्दै विजयी हुनुभएको हो ।

रुचालले ३ हजार ६ सय ९६ मत प्राप्त गर्नुभएको छ भने लावतीले २ हजार ६ सय ९९ मत मात्र प्राप्त गर्नुभयो । जिल्लामा नै दलित समुदायको तर्फबाट माथिल्लो तह उपाध्यक्षमा निर्वाचित हुन सफल भएकी रुचाल समाजमा रहेको महिलाहरुमाथिको विभेद अन्त्य गरेर छाड्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ –‘अहिले पनि महिला दिदीबहिनी आफ्नो अधिकारको बारेमा खुलेर कुरा गर्न सक्दैनन् । तर म यो पितृसतात्मक सोचलाई जसरी पनि परिवर्तन गरेर छाड्छु । महिलामाथिको विभेद अन्त्य गर्छु ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: