सिरहामा एकै हप्तामा दुई महिलाको हत्या


प्रकाशित मिति :2017-07-03 13:54:21

महिला खबर

सिरहा । सिरहामा एकै साताभित्र दुई जना महिलाको हत्या भएको छ । यही असार ९ गते सिरहाको लहान नगरपालिका, १ सिंराहीमा महिलाको हत्या गरेर पालिएको अबस्थामा शब फेला पर्यो । टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरेर फालिएको अबस्थामा लहान नगरपालिका १ सिंराहीटोलमा बेवारिसे अबस्थामा शव भेटिएको थियो ।

त्यसको पाँच दिन बित्न नपाउदै असार १३ गते मंगलबार भगवानपुर गाँउपालिका, १ का बालकृष्ण यादबले आफ्नै श्रीमतीको हत्या गरे । ढुंगा प्रहार गरी माररे फालिएकी महिलाको पहिचान अझै खुल्न नसकेको ईलाका प्रहरी कार्यलय लहानका डीएसपी हिरा वहादुर पान्डेले जानकारी दिनुभएको छ ।

खाना खाएर घरमै आराम गरिरहेकी २८ बर्षिया श्रीमाती रामकला देवी यादबलाई श्रीमान् बालकृष्णले घाँटी रेटी हत्या गरेका प्रहरीले बताएको छ । रामकला देबीले च्यापेर सुतेको दुई बर्षे छोराको भने सकुशल उद्धार गरिएको छ । यादव केही दिन अघिमात्र लागु औषध मुद्धामा पाँच वर्ष जेल सजाय काटेर बाहिर आएका थिए । श्रीमतीको चरित्रमाथि शंका गरी प्रहरीको प्रारम्भिक अनुसन्धानमा नै उनले श्रीमतीको हत्या गरेको स्वीकार गरेकाले प्रहरीले कर्तब्य ज्यान मुद्धा दर्ता गरी अदालतमा पेश गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: