साढे ६ सय बालबालिका विद्यालय बाहिर


प्रकाशित मिति :2017-07-03 16:04:09

विदुर आचार्य                      
सिन्धुपाल्चोक । देशकै पहिलो साक्षर जिल्ला घोषणा गरिएको सिन्धुपाल्चोकमा चालु शैक्षिक सत्रमा करिब साढे छ सय बालबालिका विद्यालय बाहिर रहेका छन् । जिल्ला शिक्षा कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु शैक्षिक सत्रमा ६ सय ४६ जना विद्यालय उमेरका बालबालिका विद्यालय बाहिर रहेका हुन् ।

जिल्लाका अधिकांश हिमाली भेगका बालबालिका विद्यालय नजाने गरेको पाइएको छ । भने कतिपय बालबालिका अविभावकसँगै मजदुरी गर्ने गरेकोले पनि विद्यालय बाहिर छन् । ‘विद्यालय जाने र धेरै पढ्ने रहर छ तर घरमा भाइ र बैनी हेर्ने कोही छैन ।’ हैवुङकी १२ वर्षीया रञ्जना राउत भन्छिन्, ‘बुबा र आमा दुबै जना काममा जानुहुन्छ, घर हेर्ने कोही हुदैन ।’

सिन्धुपाल्चोक जिल्ला साक्षर घोषणा भएको दुई वर्ष बितिसक्यो । तर साक्षर जिल्लामा यति धेरै बालबालिका विद्यालय बाहिर हुनु सामान्य विषय होईन । धेरै बालबालिका विद्यालय बाहिर रहेकोले विशेष योजना तय गर्ने तयारी रहेको शिक्षा कार्यालयका सुचना अधिकृत अशोक पराजुली वताउँनुहुन्छ । ‘शिक्षासँग सम्बन्धित कार्यक्रम गर्ने संघसंस्था र यसका सरोकारवालाहरुको पहलमा बालबालिबा विद्यालय फर्काउने तयारी भैरहेको छ’ अधिकृत पराजुलीले भन्नुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: