नेपालगञ्ज उपमहानगरको उपमेयरमा पत्रकार थापा


प्रकाशित मिति :2017-07-04 11:08:15

-महिला खबर- 

काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाको उपमेयरमा पत्रकार उमा थापामगर विजयी हुनुभएको छ । उहाँ नेपाली कांग्रेसबाट उपमेयर पदको उम्मेदवार हुनुहुन्थ्यो ।

थापाले १० हजार ७ सय ३१ मत ल्याई उपमेयरमा विजयी हुनुभएको हो । थापाको निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीकी रमारानी वैश्यले ८ हजार ९ सय २४ मत प्राप्त गर्नुुभएको थियो ।

उहाँ १२ वर्षदेखि पत्रकारितामा क्रियाशिल हुनहुुन्थ्यो । उहाँ सञ्चारिका समूहको सदस्य, नेपाल समाचारपत्रको जिल्ला संवाददाता र नेपाल प्रेस युनियनको पूर्व केन्द्रीय सदस्य पनि हुनुहुन्थ्यो ।

यसैगरी यसअघि डडेल्धुराको अमरगढी नगरपालिकाको उपमेयरमा पत्रकार महासंघका केन्द्रिय पार्षद् संगिता भण्डारी नेकपा एमालेबाट विजयी हुनु भएको थियोे । डडेल्धुराको आफ्नो एफएमबाट २०६४ सालमा पत्रकारिताको सुरुआत गर्नु भएकी भण्डारीले १० वर्ष पत्रकारिता क्षेत्रमा बिताउनु भएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: