मिस हङकङ राईको बालबालिकालाई सहयोग


प्रकाशित मिति :2017-07-04 11:54:48

सुनसरी । मिस हङकङ नेपाल २०१६ की फस्टरनरअव नेहा राईले सहारा बिहिन बालबालिकालाई अध्ययनको लागि आर्थिक सहयोग गर्नुभएको छ ।

हङकङबाट नेपाल आएर उहाँले सहारा विहिन वालवालिकालाई सहयोग गर्नु भएको हाे । उहाँले अभिभावक बिहिन बालक आशिक परियारलाई अध्ययनका लागि १ लाख १५ हजार रुपैयाँ  रकम हस्तान्तरण गर्नुभएको छ । परियार आमाको निधन र वावु बेपत्ता भएपछि सहारा बिहिन बनेका थिए ।

यसैगरि राईले वैदेशिक रोजगारका क्रममा मलेशिया गएका बेला वुवाको उतै निधन भएको र आमाले पनि छोडेकी सुप्रिया तामाङलाई पनि १४ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । उहाँले आफू हडकङमै जन्मे हुर्के पनि मन भने नेपाली नै रहेको र नेपालमा आएर सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: