समाचार प्रभावः जलाइएकी महिलालाई आर्थिक सहयोग जुट्दै


प्रकाशित मिति :2017-07-04 14:41:47

काठमाडौं । नागरिकताको विषयमा विवादपछि श्रीमानले मट्टितेल खनाएर जलाएपछि घाइते भएकी शोभा राईलाई विभिन्न व्यक्तिबाट आर्थिक सहयोग प्राप्त भएको छ ।

महिला खबर अनलाईनमा समाचार प्रकाशित भएसगैँ शोभालाई दुवईबाट १५ हजार रुपैँया सहयोग आएको छ भने नेपालबाट ८ हजार सहयोग आएको शोभाले बताउनुभयो । यस्तै समाचार प्रकाशित भएसगैँ पिपुल्स हस्पिटलले ड्रेसिङ समेत निशुल्क गरिदिएको उहाँले बताउनुभयो ।

विवाह गरेको १८ वर्ष वितिसक्दा समेत नागरिकता नपाएपछि शोभाले श्रीमानसँग नागरिकता बनाइदिन आग्रह गर्नुभएको थियो । त्यही निहुँमा श्रीमानले रातिको समयमा शोभालाई मट्टितेल खनाएर जिउँदै आगो लगाइदिएका थिए । नुवाकोट घर भई हाल काठमाडौंमा बस्दै आएका श्रीमान राजु कसाई भने फरार छन् ।

यो पनि पढ्नुहोस्

‘नागरिकता माग्दा जलाई दिए’

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: