इन्जिनियरिङ पढेकी श्रृष्टि उपमेयर


प्रकाशित मिति :2017-07-05 09:52:06

नन्दा थापा

बाजुरा । २० वर्षअघि स्थानीय निकायको निर्वाचनमा बुवा (ताराचन्द्र रेग्मी) तत्कालीन कोल्टी गाविसको अध्यक्षमा निर्वा्चित भएका थिए । त्यति बेला श्रृष्टी (२४) ४ वर्षकी थिइन् । २० वर्षपछि श्रृष्टि सोही कोल्टी क्षेत्रको बुढीनन्दा नगरपालिकाको उपमेयरमा निर्वाचित भइन् । त्यो पनि सानै उमेरमा ।

नेपाली काँग्रेसकी रीता सिंहलाई १ सय २८ मतले हराउदै उपमेयरमा निर्वाचित हुँदा उनले २० वर्षअघि आफ्ना बुवाले देखेका सपना सम्झिएकी छन् । बुवा निर्वाचित हुँदा सानै थिइन् । उमेर बढ्दै जाँदा सृष्टिलाई बुवा ताराचन्द्रले अघि सारेका योजना थाहा पाउदै गए । कोल्टी क्षेत्रका बासिन्दालाई नुन–चामलको सहज आपूर्ति र सबै गाउँमा सहज घोरेटो पुर्‍याउने योजना थियो, ताराचन्द्रको । जुन सपना परिमार्जनसहित पूरा गर्न ध्ययका साथ श्रृष्टिले स्थानीय सरकारको नेतृत्व सम्हालेकी छन् । ‘अहिले नुनको समस्या त छैन । तर पूर्वाधार विकासको मुख्य टट्कारो छ,’ उनले भनिन् । 

श्रृष्टि प्राविधिक विषयकी विद्यार्थी हुन् । उनी निर्वाचित पद भने संवैधानिक हो । संविधानले ‘गाउँ तथा नगरपालिकाका उपप्रमुखलाई अधिकार क्षेत्रभित्रका विवाद निरुपण गर्न तीन सदस्यीय न्यायिक समितिको संयोजक’ बनाएको छ । उनको जिम्मेवारी पनि न्यायीय क्षेत्रकै रहनेछ । तर, उनको योजना भने कृषिलाई व्यावसायिक बनाउने, गुणस्तरीय र प्राविधिक शिक्षालाई प्राथमिकता दिने, गाउँमै रोजगारीको सिर्जना गरेर युवालाई गाउँमै सिर्जनशील काममा लगाउने र सडक सञ्जाल विस्तारका मुख्य योजना छन् । जुन उनका सामु चुनौती समेत हुन् । ‘पढेलेखेका युवालाई देशमा अवसर छैन । गाउँमा त झन् कहाँबाट हुनु ?’ शहरबजार र गाउँघरमा प्रायः युवाले यसै गरी भन्छन् ।

पढेलेखे पछि राम्रो जागिर खानुपर्छ भन्ने प्रायको सोच रहेको छ । दैनिक राजधानीको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट बाहिरिनेको लाम उत्तिकै हुन्छ । श्रृष्टि भने पोखरा युनिभर्सिटी सेन्टर कलेजबाट ब्याचलर इन इन्जिनियरिङ सकेर गाउँ फर्किन् बाजुरा । ३ महिना जिल्ला प्राविधिक कार्यालय बाजुरामा करारमा जागिर खाएकी सृष्टिले त्यो जागिर पनि त्यागिन । ‘समाज विकास र बुवाको सपना’ पूरा गर्ने भन्दै खुला राजनीतिमा आइन् । नगरपालिकाको उपमेयरमा चुनाव लडिन् ।

एमालेबाट मेयरका उम्मेदवारले पराजय भोगेपनि उनले काँग्रेसका उम्मेदवारलाई हराएर बाजी मारिन् । आफू जागिर खानकै लागि नभई आफ्नो जिल्लाका लागि केही गर्छु भनेर गृहजिल्ला फर्किएको बताउने श्रृष्टिको नयाँ टर्निङ स्थानीय निर्वाचनले गर्‍यो । एमालेको भातृ सङ्गठन अनेरास्ववियुकी नेतृ समेत रहेकी श्रृष्टिले नगरको पूर्वाधार विकाससँगै आर्थिक समृद्धिमा योगदान दिने अवसर मिलेको छ । ‘बाजुरामा राजनीति गर्छु भनेर आएको होइन । विकास सूचांकमा ७५औं नम्बरमा रहेको गृहजिल्लामा केही गनुृपर्छ भनेर थुप्रै अवसरलाई तिलान्जली दिँदै आएकी थिएँ,’ सृष्टिले भनिन्, ‘तर बुवाका सपना र मेरा योजना स्थानीय सरकारबाट पूरा हुने ठानेपछि यता लागेकी हुँ ।’

जसका लागि सृष्टिले राजनीतिक क्षेत्रलाई अंगालिन:

श्रृष्टिको पारिवारिक पृष्ठभूमि राजनीति हो । बुवा ताराचन्द्र तत्कालीन कोल्टी गाविसका अध्यक्ष थिए । ‘सशस्त्र द्वन्द्व’ ताका २०६० सादमा बुबालाई तत्कालीन विद्रोही ‘माओवादीले अपहरण गरेर मारे । शान्ति प्रक्रिया सुरु भएपछि ताराचन्द्रको खप्पर उत्खनन् गरेर ल्याइएको थियो । जुन खप्पर अहिले पनि एमाले जिल्ला पार्टी कार्यालयमा राखिएको छ ।

श्रृष्टिका बुवा ताराचन्द्र स्वास्थ्यकर्मीको जागिर छोडेर चुनाव लडेका थिए, २०५४ मा । ताराचन्द्र मारिएपछि उनको परिवार नेपालञ्ज विस्थापित भएका थिए । नेपालगञ्जमा माध्यमिक शिक्षा पढेकी सृष्टिले काठमाडौँमा प्लसटू गरिन् र पोखरामा इन्जिनियरिङ् । इन्जिनियरिङ गरेर गाउँ फर्किएकी श्रृष्टि बुबाकै अधुरो सपना पुरा गर्न राजनीतिमा आएको बताउछिन् । महिला सशक्तिकरण, छाउपडी प्रथाको अन्त्य, बालविवाह विरुद्धका अभियानलाई पनि प्राथमिकता दिने उनले सुनाइन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: