‘महिला सुरक्षा गार्डलाई हेर्ने फरक दृष्टिकोण’


प्रकाशित मिति :2017-07-05 10:20:58

–महिला खबर–

काठमाडौं । नुवाकोट चतुरालिकी कल्पना आचार्य (वर्ष २०) काठमाडौंको सिटि सेन्टरमा सुरक्षा गार्डको रुपको काम गर्छिन् ।

गाउँकै क्याम्पसमा कक्षा ११ को परिक्षा सकेर काठमाडौं आएकी आचार्य रोजगारीका लागि धेरै भौतारिन् । त्यही क्रममा साथीको सहयोगमा एउटा सेक्रेटी सर्भिस सेन्टरमा पुगिन् । एक हप्ताको तालिमपछि उनले सुरक्षा गार्डको काम थालिन् । कल्पनाले मासिक १० हजार सम्म कमाउँछिन् । तर काम थालेको ३ महिना पुगिसक्दा पनि उनले घरमा बताएकी छैनन् ।

‘सुरक्षा गार्डको काम गरेको भनेर सुनाएभने उल्टै गाली गर्लान्, अरु काम पाउन गाह्रो छ’,– उनले भनिन् । यो काममा पुरुष सरह खटिनुपर्छ । कहिल्यै विदा हुँदैन् । पहिले–पहिले त साह्रै गाह्रो भएको थियो, अहिले भने बानी पर्यो । घरमा चै अन्यन्त्रै काम गर्छु भनेर ढाँटेको छु ।’

हेटौंडा स्थायी घर भई हाल ललिततपुर बुद्धनगर बस्ने सुनीता थापाले सुरक्षा गार्ड गर्न थालेको झण्डै आठ वर्ष भयो । उनी अहिले कुपन्डोलको एउटा मेनपावर कम्पनीमा सुरक्षा गार्डको रुपमा काम गर्छिन । आफन्तले कामको बारेमा सोधेपनि ढाट्ने गरेको उनले बताईन् ।

उनले भनिन् –‘सुरक्षा गार्ड भनेपनि समाजमा हेयाको दृष्ट्रिले हेर्ने चलन छ । विदेशमा गएर तल्लो स्तरको काम गरेपनि सम्मान हुन्छ तर नेपालमा भने कामको सम्मान हुँदैन् ।’ सरकारी अफिसमा सुरक्षा गार्डको काम गर्दा पिउनले समेत हेप्ने गरेको उनले बताइन् । सुनीताले अहिले सुरक्षा गार्डबाटै मासिक १६ हजार रुपैयाँसम्म कमाउँछिन् ।

काठमाडौंको त्रिपुरेश्वरमा सुरक्षा गार्डको काम गर्दै आएकी पाँचथरकी कविता वि.कले भने दैनिक १२ घण्टा खटिएर पनि उचित पारिश्रमिक पाउन नसकेको बताइन् । उनले भनिन्–‘दैनिक १२ घण्टा खटिनुपर्छ, हप्तामा एक दिन विदा समेत हुँदैन । विरामी भएको समयमा झन् समस्या पर्छ ।’ विमारी भएर नआए तलब काट्छ ।

एक वर्षदेखि सुरक्षा गार्डका रुपमा काम गर्दै आएकी कविताले दैनिक १२ घण्टा काम गरेर मासिक १४ हजार कमाउँछिन् ।

काठमाडौंमै झण्डै ७ वर्षदेखि सुरक्षा गार्डका रुपमा काम गर्दै आएका बेसिशहर ११ चिती स्याउतका बासु पन्त भने हरेक कामको सम्मान गर्नुपर्ने बताउँछन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: