समाचार प्रभाव: ट्युमरले थलिएकी दिलमायाले पाईन् उपचार


प्रकाशित मिति :2017-07-05 11:43:45

-अप्रिल अधिकारी-

रामेछाप । ट्युमरले थलिएकी रामेछापकी दिलमाया सार्कीको त्रिवी शिक्षण अस्पतालमा निःशुल्क शल्यक्रिया भएको छ । उपचार खर्च अभावमा ८ वर्ष देखि ट्युमरले थलिएकी रामेछाप नगरपालिका १ गोठगाउँकी ४० वर्षिय सार्कीको गएको असार ६ गते त्रिवी शिक्षण अस्पताल महाराजगंजमा शल्यक्रिया भएको हो ।

महिला खबर अनलाईनले उपचारको अभावमा थलिएकी उनीबारे समाचार प्रकाशन गरेपछि उनलाई सहयोग गर्नेहरुले अस्पताल प्रशासनमा अनुरोध गरेर निःशुल्क उपचारको व्यवस्था मिलाएका हुन् । चिकित्सक आष्मा राणाले करिब ७ घण्टा लगाएर दिलमायाको शल्यक्रिया गर्नुभएको थियो । सार्कीको शरिरमा ट्युमर ठूलो भैसकेकाले विशेष सतर्कताका साथ शल्यक्रिया गरिएको र सफल पनि भएको चिकित्सक राणाले बताउनुभयो । दिलमाया अझै अस्पतालमै छिन् ।

उनलाई सहयोग जुटाउनका लागि दिलमायाकै गाउँकी सदरमुकाम मन्थलीमा डेरी व्यावसाय गर्दै आएका भानु श्रेष्ठले सहयोगका लागि पहल गर्नुभएको थियो । उहाँ आफैले समेत ५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । दलित विपन्न परिवारकी दिलमायाको उपचारका लागि क्विक भोलन्टियरका संयोजक अरुण खडका लगायतका समुहले १० हजार आर्थिक सहयोग जम्मा गरी उनीहरुलाई प्रदान गरेका थिए । साथै उनीहरुलाई अस्पताल लान र अस्पतालका कामको प्रक्रियामा सहजीकरण गर्न मद्दत गर्नुका साथै निःशुल्क शल्यक्रिया गराउन अस्पतालसँग पहल गरेको संयोजक खड्काले बताउनुभयो ।

खड्काले भन्नुभयो – ‘मैले उनको समस्याको बारेमा लेखिएको समचार महिला खबरमा पढें र सहयोग गर्नका लागि उनलाई खोज्दै पुग्यांै र सहयोग ग¥यौं ।’ त्यसैगरी झापा स्थायी घर भइ हाल बैदेशिक रोजगारीका क्रममा दुबइमा रहेकी सुमी गहतराजले उनको सहयोगका लागि आफन्तमार्फत ६ हजार नगद सहित लता कपडा लगायतका आवश्यक सामग्री समेत प्रदान गर्नुभएको थियो । त्यस्तै, रामेछाप न.पा. १ स्थायी घर भएका विमल कठेतले १ हजार, तिर्थ बहादुर श्रेष्ठले ५ हजार, विष्णु बहादुर नेपालीले १० हजार दिलिप श्रेष्ठले रकम उठाएर समेत २० हजार सहयोग गरेका थिए ।

यो पनि हेर्नुहोस्

गरिबीले उपचार गर्न नसक्दा ८ वर्षदेखि दिलमायाको पेटमा ट्युमर

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: