बेचबिखनमा परेका मध्ये ९८ प्रतिशत महिला


प्रकाशित मिति :2017-07-05 12:05:56

-महिला खबर –

काठमाडौं । नेपालबाट बेचविखानमा परेका मध्ये ९८ प्रतिशत महिला रहेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । आयोगले मंगलबार मानव बेचविखन सम्बन्धी राष्ट्रिय प्रतिवेदन प्रस्तुत गर्दै सो जानकारी दिएको हो ।

गत आर्थिक वर्ष २०७२-७३ मा ५ हजार एक सय जना महिला तथा बालबालिका बेचबिखनमा परेको जनाइएको छ । सो मध्ये ९८ प्रतिशत महिला छन् । प्रतिवेदनमा १३ हजार ६ सय बेचबिखन तथा ओसारपसारको जोखिममा परेको प्रक्षेपण गरिएको छ । यस्तै तीन हजार ९ सय हराइरहेको र ती मध्ये ७० प्रतिशत भन्दा बढी बालिका रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनमा महिला तथा बालिकालाई जबर्जस्ती यौन कार्यका लागि चीन, सुरक्षा गार्डका लागि संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया लगायतका देशमा तस्करी हुने गरेको उल्लेख गरिएको छ ।

सो अवसरमा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव खजराज बरालले सरकारी संयन्त्र बलियो हुँदा समेत मानव बेचबिखन न्यूनीकरण हुन नसकेको बताउनुभयो ।
मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानव बेचबिखनका घट्ना बढ्दै गएको बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: