मन्त्रिमण्डलमा एक तिहाइ महिला पुर्‍याउन माग


प्रकाशित मिति :2017-07-05 15:08:11

महिला खबर

काठमाडौं । अहिलेको मन्त्रीमण्डलमा एक जना पनि महिला मन्त्री नपरेपछि महिला नेताहरुले कम्तीमा एक तिहाइ महिला मन्त्रीमण्डलमा पुर्याउनुपर्ने माग गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा गएको जेठ २४ गते गठित ८ सदस्यीय मन्त्रिमण्डलमा एक जना पनि महिला नपरेकोमा विरोध गर्दै अब विस्तार हुने सरकारमा एक तिहाइ महिला हुनुपर्ने महिला नेताहरुको अडान छ ।

कांग्रेस र माओवादी केन्द्रको सयुंक्त गठबन्धनमा बनेको सरकारका प्रधानमन्त्री देउवालाई समेत भेटेर महिला नेताहरुले अब ३३ प्रतिशत महिला मन्त्री ल्याउन दबाब दिएका छन् ।

मन्त्रिमण्डलमा एक जना पनि महिला नपर्नुमा नेताहरुको पितृसत्तात्मक सोच हावी भएको बताउनुहुन्छ कागं्रेस नेता एवं नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मी ।
‘यो नेताहरुको पितृसत्तात्मक सोच हावी भएको परिणम हो, त्यसैले हामीले प्रधानमन्त्रीलाई भेटेर ३३ प्रतिशत महिला मन्त्रिपरिषदमा हुनुपर्दछ भनेर माग राखेका छौ’ रेग्मीले भन्नुभयो ।

अन्तरपार्टी महिला सञ्जालकी केन्द्रिय सदस्य तथा एमाले नेता सावित्रा भुसालले सरकारले सक्षम महिला नदेखेको आरोप लगाउनुभयो । ‘सरकारले एक जना पनि सक्षम महिला देखेनन, यसले सिधै महिलाको अधिकार कुठित भएको छ ।’ भुसालले भन्नुभयो । मन्त्रालय हाँक्न सक्ने एकसे एक क्षमतावान महिला भएको समेत उहाँले दावी गर्नुभयो ।

मन्त्रिमण्डलमा एक तिहाइ महिला आउनुपर्छ भनेर पटक पटक अन्तरपार्टी महिला सञ्जालमार्फत प्रधानमन्त्रिलाई भेटेर माग राख्दै आएको समेत भुसालले बताउनुभयो ।

यसैगरि, करिब एक महिनादेखि महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय लगायत महिलासँग सरोकार रहने मन्त्रालयहरु मन्त्रीविहिन हुँदा काम प्रभावित बनेको गुनासो महिलाहरुले गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले महिना वित्न लाग्दा समेत मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा २३ मन्त्रालय खाली छन् । ति मन्त्रालयहरु अहिले सवै प्रधानमन्त्रीको मातहतमा चलिरहेको भएपनि प्रधानमन्त्री मन्त्रालयमा पुग्न सकेका छैनन् ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका प्रवक्ता तथा सहसचिव तोयम रायले भने मन्त्री नहुँदा कुनै पनि महिलाका मुद्धा ओझेलमा नपरेको बताउनुभयो ।

उहाँले नीतिगत निर्णयहरु मन्त्रीका कारण रोक्ने अवस्था आएपनि अरु कामहरु नियमित भैरहेको बताउनुभयो ।
‘नीतिगत निर्णय गर्न मन्त्री आवश्यक हुन्छ तर अहिले त्यस्ता कुनैपनि काम नभएकाले अरु काम निरन्तर रुपमा भैरहेकै छ । मन्त्री नभएपनि महिलाका कुनै मुद्धा ओझेलमा परेको छैन । काम भैरहेको छ ।’ रायले भन्नुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: