प्रमुख पदमा २४ मध्ये ४ महिला विजयी


काग्रेंस एक, एमाले दुई र माओवादी एक

प्रकाशित मिति :2017-07-06 09:00:59

महिला खबर

काठमाडौं । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा चार जना महिला प्रमुख पदमा निर्वाचित भएका छन् । ३५ जिल्लाका ३३४ वटै स्थानीय तह मध्ये नगर र गाउँपालिका प्रमुखमा २४ जना महिला प्रमुख पदमा उठेकोमा हालसम्म ४ जना मात्र विजयी भएका हुन् ।

तिन ठूला दल कांग्रेस, एमाले र माओवादी केन्द्रले प्रमुख पदमा २४ जना महिला उठाएकोमा तिन जना गाउँपालिकाको अध्यक्ष र एक जना नगरपालिकाका मेयरमा विजयी भएका छन् ।

विजयी हुनेमा प्रदेश नम्बर ७ मा पर्ने डडेल्धुराको भागेश्वर गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट कौशल्याकुमारी भट्ट, डोटीको सिलगुढी नगरपालिकाको मेयरमा एमालेकी मञ्जु मलासी, प्रदेश नम्बर १ मा पर्ने झापाको कमल गाउँपालिकाको अध्यक्षमा एमालेकी मेनुका काफ्ले गोलाप्रथाबाट निर्वाचित हुनुभएको छ ।

त्यस्तै प्रदेश नम्बर ५ मा रुकुमको सिस्ने गाउँपालिकाको अध्यक्षमा माओवादीबाट कुमारी बराल  विजयी हुनुभएको छ ।

महिला प्रमुख पदमा उठेका २४ स्थानीय तह मध्य एक तहको मात्र मतपरिणाम आउन बाँकी छ । २३ स्थानीय तह मध्य ४ स्थानीय तहको प्रमुख पदमा महिला विजयी भएका हुन् ।

कांग्रेसबाट प्रमुख पदमा उम्मेदवार बनेका सात महिलाहरुः

धनकुटा
पाख्रिबास नगरपालिकाः मेयर इन्दिरा थापा(पराजित)
झापा
गौरीगञ्ज गाउँपालिकाः अध्यक्ष फुलवती राजवंशी (पराजित)
भोजपुर
पौवादुङ गाउँपालिकाः अध्यक्ष शिशिरा राई(पराजित)
अछाम
रामारोशन गाउँपालिका अध्यक्षः अनुराधा स्वाँर(पराजित)
डडेलधुरा
भागेश्वर गाउँपालिकाः अध्यक्ष कौशिला भट्ट(विजयी)
कैलाली
घोडाघोडी नगरपालिकाः मेयर रीता चौधरी(पराजित)
जानकी गाउँपालिकाः अध्यक्ष गंगादेवी चौधरी(पराजित)

एमालेबाट प्रमुख पदमा उम्मेदवार बनेका आठ महिलाहरुः
झापा
कमल गाउँपालिकाः अध्यक्षमा मेनुका काफ्ले(विजयी)
हल्दीबारी गाउँपालिकः अध्यक्ष मञ्जु सिटौला(पराजित)
रुपन्देही
मायादेवी गाउँपालिकाः अध्यक्ष शान्तिदेवी लोध(पराजित)

कपिलवस्तु
वाणगंगा नगरपालिकाः मेयर विमला घिमिरे(पराजित)
मायादेवी गाउँपालिकाः अध्यक्ष फौजीया नसिम(पराजित)
रुकुम
भुमे गाउँपालिकाः अध्यक्ष आशा स्वर्णकाररे(पराजित)
नवलपरासी
सुनवल नगरपालिकाः अध्यक्ष विमला अर्याल(पराजित)
डोटी
सिलगढी दिपायल नगरपालिकाः मेयर मञ्जु मलासी (विजयी)

माओवादी केन्द्रबाट प्रमुख पदमा उम्मेदवार बनेका नौ महिला

सुनसरी
इटहरी उपमहानगरपालिकाः मेयर हरीमाया जिमी(मतपरिणम आउन बाँकी)
संखुवासभा
धर्मदेवी गाउँपालिकाः अध्यक्ष उमा कार्की विष्ट(पराजित)
तेह्रथुम
मेन्छेयाम गाउँपालिका ःअध्यक्ष फूर्वी शेर्पा(पराजित)
मोरङ
सुन्दर हरैंचा नगरपालिकाः मेयर लक्ष्मी न्यौपाने (लतार्)(पराजित)
दाङ
लमही नगरपालिकाः मेयर द्रौपदा पौडेल(पराजित)
पाल्पा
तानसेन नगरपालिकाः मेयर प्रतिक्षा सिन्जाली मगर(पराजित)
रुकुम
सिस्ने गाउँपालिकाः अध्यक्षमा कुमारी बराल(विजयी)
गुल्मी
इस्मा गाउँपालिकाः अध्यक्ष विमला थापा(पराजित)
डडेलधुरा
अमरगढी नगरपालिकाः मेयर शोभा भट्ट(पराजित)

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: