पानी छोएको आरोपमा दलित महिलामाथि कुटपिट


प्रकाशित मिति :2017-07-06 09:57:05

महिला खबर

सुर्खेत । धारामा पानी छोएको आरोप दलित महिलामाथि निर्घात कुटपिट भएको छ। सुर्खेतको लेकवेशी नगरपालिका अन्तर्गत साटाखानीमा पानी छोएको आरोपमा दलित महिलामाथि कुटपिट भएको हो। गैरदलितको कुटपिटबाट २७ वर्षीया टीकाकुमारी मिजार गम्भीर घाइते हुनुभएको छ।

साटाखानीस्थित गंगटे निवासी टीकाको वीरेन्द्रनगरमा रहेको मध्यपश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। स्थानीय मनकुमारी राई र उहाँका छोरा मनबहादुर राईले टीकामाथि कुटपिट गरेका हुन्।

कुटपिटका कारण टिकाको टाउको, छाती र शरीरका अन्य भागमा समेत चोट लागेको छ। कुटपिटपछि बेहोस अवस्थामा टिकालाई आफन्तले स्थानीय मेडिकलमा पुर्‍याएका थिए।

नाक र मुखबाट रगत बगेको र होस पनि नखुलेपछि थप उपचारका लागि उहाँलाई क्षेत्रीय अस्पतालमा भर्ना गरिएको हो। अस्पतालमा पुर्‍याएपछि मात्र टीकाको होस खुलेको थियो। आफूले धारामा नुहाउँदै गरेको र पानी भर्ने क्रममा गाग्री छोइदिएको भन्दै मनकुमारीका आमाछोरा मिलेर आफूमाथि कुटपिट गरेको पीडित टीकाले बताउनुभयो। टीकाकी आमा दरिशा सुनारले आफ्नी छोरी मृत्युबाट बचेको भन्दै अब स्थानीय प्रशासनले आफूलाई न्याय र दोषीलाई सजाय दिनुपर्ने माग गर्नुभयो।

साभार:अन्नपूर्ण

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: