लैगिंक समानता अष्ट्रेलियन सरकारको प्रमुख मुद्धाः राजदूत पिटर


प्रकाशित मिति :2017-07-06 12:59:54

महिला खबर

काठमाडौँ । नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर वडले महिलालाई नीति निर्माण तथा नेतृत्व तहमा पुरयाउन, महिलाको आर्थिक क्षमता वृद्धि गर्न र महिला माथि हुने सबै प्रकारको हिंसाको अन्त्य गर्न अष्ट्रेलियन सरकार सधैँ तयार रहेको र सोही मान्यतामा टेकेर काम गरिरहेको बताउनुभएको छ ।

अष्ट्रेलियन सरकारले आफ्नो वैदेशिक नीति तथा विकास नीतिमा समेत शक्तिको समान बाँडफाँड गर्नुपर्ने प्रमुख मान्यता राख्दै आएको उहाँले बताउनुभयो । संचारिक समूहद्धारा काठमाडौँमा आयोजित ‘पत्रकार महिलाका लागि लैगिंक अवाधारणा सम्बन्धी अभिमुखिकरण’ कार्यक्रममा बोल्दै राजदूत पिटरले लैगिंक समनताको विषयमा दिगो विकास लक्ष्य, सिडा, बेजिङ प्लेट फर्म लगायतले काम गरिरहेपनि सबैले आ–आफ्नो क्षेत्रबाट गम्भिरतापूर्वक काम गर्नुपर्ने बताउनुभयो ।

लैंगिक असमानताले शक्ति सन्तुलन र आर्थिक, समाजिक तथा मानवीय विकासमा असर पर्ने भन्दै दूतवास यस विषयमा गम्भीर रहेको उहाँको भनाई थियो । संचारिका समूहकी अध्यक्ष निर्मला शर्माले लैगिंक सम्वेदशील रिपोटिङ गर्न पत्रकारलाई सगाउ पुगोस् भन्ने उदेश्यले तालिम सञ्चालन गरेको बताउनुभयो । अहिले स्थानीय सरकार बनेपनि कानुनहरू बनिनसकेको अवस्थामा लैगिंक समनताका विषय उठाउन अत्यन्त आवश्यक रहेको उहाँले बताउनुभयो ।

अष्ट्रेलियन एडको सहयोगमा सञ्चालित २ दिने तालिममा मध्याञ्चलका विभिन्न ७ जिल्लाका १५ जना पत्रकार महिला सहभागी छन् । तालिममा संचारिका समूहकी केन्द्रिय सदस्य जया लुइटेलले प्रशिक्षण दिनुभएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: