सामाजिक सुरक्षा भत्ता लिनै सास्ती


प्रकाशित मिति :2017-07-06 15:49:47

बैंकमा सामाजिक सुरक्षा भत्ता लिन गएकी चौरासी यादब ।

यमुना खनाल

सिरहा । सरकारले बैक खाताबाट सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गरेपछि यहाँका धेरै जेष्ठ नागरिकले समस्या भोग्नु परेको छ । बृद्धभत्ता लिन अनिर्वाय बैंक पुग्नुपर्ने भएकाले अशक्त, अपाङ्ग, बिरामी अवस्थाका जेष्ठ नागरिकहरुले सास्ती भोग्नु परेको हो ।

केही दिनअघि नेपाल बैंक लहानमा वृद्ध भत्ता लिन सहयोगी छोरी लिएर आएकी चौरसी यादवले यस्तै दुःख भोगिन् । दमको बिरामी उनलाई लाइनमा बसेकी छोरी कुर्न समेत निकै समस्या थियो । कहिले आँखा झ्याप्प हुन्थ्थे त कहिले घाँटी घ्यार घ्यार । उनी कहिले भुईमा लमपसार हुन्थिन त कहिले टुक्रुक्क बस्थिन् । लहान नगरपालिका भन्दा सात किलोमिटर पर मोतीपुरबाट आएकी उनले गाविसबाट बृद्धभत्ता लिन सजिलो हुने बताईन् ।

सिरहाको लहान नगरपालिका वडा नंम्बर १० का तारा बहादुर रोका पनि हिँड्न सक्दैनन् । बैंकमा अनिवार्य उपस्थित हुनुपर्ने भएपछि पनि ७० वर्षिया श्रीमती मीरा रोकाले गाँउलेका सहयोगमा श्रीमान्लाई बोकेर बैंकसम्म ल्याईन् । फोक्सोमा पानी जम्ने समस्याले थलिएका श्रीमान्लाई औषधी खर्च भएपनि हुन्छ भनेर यसरी ल्याएको मिरा रोकाले भनिन् । उनले बिरामीलाई पनि बैंकमा ल्याउनुपर्ने हुँदा वृद्धभत्ता लिनै समस्या भएको गुनासो गरिन् । मिराले भनिन् – असक्त रोगी बिरामीलाई घरमै दिनु पर्ने हाम्रो दुःख कसले बुझ्ने ?’

जिल्ला समन्वय समितिका अनुसार सिरहामा १४ हजार ४ सय ६९ जना सामाजिक सुरक्षा भत्ता लिने ज्येष्ठ नागरिक छन् । त्यसैगरि १० हजार दुई सय दलित, १६ हजार ७ सय ९८ जना जना एकल महिलाले सामाजिक सुरक्षा भत्ता लिन्छन् । उनीहरुलाई सिरहाका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बंैक, कृषि विकास बैंक, ग्लोबल आईएमई बैकबाट सामाजिक सुरक्षा भत्ता लिने गरेका छन् ।

तर, बैंक गाउँ गाउँको पायक पर्ने ठाउँमा नहुँदा जेष्ठ नागरिकले थप समस्या भोग्नु परेको हो । भने, बैंकले त्यस्ता अशक्त जेष्ठ नागरिकलाई प्राथमिकतामा राखेर सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था पनि गरेको छैन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: