महिलामैत्री गाँउपालिका बनाउँछु: मेनुका


प्रकाशित मिति :2017-07-06 17:42:17

-महिला खबर संवाद –

झापाको कमल गाँउपालिकाको अध्यक्षमा मेनुका काफले निर्वाचित हुनुभयो । अहिलेसम्मको मतपरिणाम अनुसार प्रदेश नम्वर १ मा उहाँ प्रमुख पदमा निर्वाचित एक्लो महिला हुनुहुन्छ । कांग्रेसका हुकुमसिंह राईसँग बराबरी मत आएपछि गोलाप्रथाबाट काफ्ले निर्वाचित हुनुभएको हो । एमालेको प्रदेश नम्वर १ संगठन कमिटिको सदस्य समेत रहनुभएकी काफ्ले विभिन्न सामाजिक संघ सस्थामा समेत सक्रिय हुनुहुन्छ । उहाँसँग महिला खवरका सुनसरी संवाददाता लिलाराज भट्टराइले गर्नुभएको कुराकानी:–

 कमल गाउँपालिकाको सम्बृद्धिका लागि के योजना छ ?

– यो निर्वाचनमा म एक्लो अभिमन्यू बनें । बराबरी मत पाएर पनि जितें । म गाउँपालिकालाई शुसासन र भ्रष्टाचार मुक्त बनाउन कुनै कसर बाँकी राख्दिन । जनतालाई छिटो छरितो सेवा प्रदान गर्न अगुवाई गर्छु । विपन्न र सीमान्तकृत समूदायको उत्थानका लागि विशेष कार्यक्रम सञ्चालन गर्छु । बाढीले वर्षेनी दुःख दिइरहेको छ । नदिबाट हुने कटान नियन्त्रणका लागि स्थानीय श्रोत साधनको समुचित प्रयोग गर्दै उचित कदम चाल्ने छु । अन्तराष्ट्रिय रंगशालाको अधुरो कार्य सम्पन्न गर्न पहल गर्नेर्छु । कृषिको आधुनिकिकरण, प्राविधिक र व्यवसायिक शिक्षामा जोड दिनेछु ।

पाँच वर्ष पछि कमलगाँउपालिकामा के फरक देख्न सकिन्छ ?

– धेरै परिवर्तन हुनेछ । कृषिमा आधुनिकिकरण हुनेछ । विकासका अधुरा काम पुरा हुनेछन् । कमल गाउँ महिलामैत्री गाँउपालिकाको रुपमा चिनिएको हुनेछ । विद्यालय किशोरीमैत्री हुनेछन् । भ्रष्टाचारमुक्त गाँउपालिका हुनेछ । यो गाँउपालिका महिलाले नेतृत्व गरेको देशकै नमूना वन्ने छ । त्यो कामको म अगुवाई गर्छु ।

कमल गाँउपालिकालाई महिलामैत्री कसरी वनाउनुहुन्छ ?

– सुत्केरी आमा जसले ३५ दिनभित्रमा जन्मदर्ता गर्नुहुन्छ उहाँहरुका लागि वेविकेयरको व्यवस्था गरिनेछ । आर्थिक रुपमा महिलालाई सशक्त बनाउन विशेष कार्यक्रम सञ्चालन गरिनेछ । सीपमुलक र व्यवसायिक तालिम सञ्चालन गरेर मसला, मैनवत्ति, ढाका उद्योगहरु सञ्चालन गरिनेछ । ती उद्योगहरुमा महिलालाई रोजगारी प्रदान गरेर आत्मनिर्भर बनाइने छ । महिलालाई न्यायको पहुँचमा पुग्नका लागि सहज वातावरण वनाइने छ । राजनीतिक दलको आडमा अपराध गर्नेहरुलाई उन्मुक्ति दिइने छैन । कमल गाउँपालिकामा महिला हिंसा गरे कुनै पनि हालतमा उन्मुक्ति हुनेछैन । अपराधीले सजाय पाउने छन ।

प्रदेश नम्वर १ मा एमालेले २ जना मातै महिलालाई प्रमुख पदमा उठायो, तपाईंले त जित्नु पनि भएको छ । महिलालाई विश्वास नगर्नुको कारण के देख्नुहुन्छ?

– पञ्चायत ढाल्न छातीमा गोली थाप्न तयार भएर म १५ वर्षको उमेरदेखि राजनीतिमा सकृय भएकी हुँ । देश र जनताको मुक्तिको लागि आफ्नो ज्यानको पर्वाह नगरि भूमिगत भएकी महिला हुँ । त्यो जटिल परिस्थितमा दिनरात नभनि पञ्चायत विरुद्ध संघर्ष गरियो । यत्रो योगदान हुँदा पनि महिलालाई सहज छैन । तर अहिले परिस्थिति सहज बन्दै गएको छ । कुनै पनि महिला जनप्रतिनिधिले कुनै पनि बेला मज्जाले काम गर्न सक्छन् । जनप्रतिनिधीको हैसियतले पुरुषले गर्न सक्ने सबै काम महिलाले गर्न सक्छन् भन्ने विश्वास जनतामा आएको छ । त्यसैले महिलाले आँट र हिम्मत गर्न सक्नुपर्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: