निको हुनपाए मजदुरी गरेरै ऋण तिर्ने थिएँ: द्रौपदी


प्रकाशित मिति :2017-07-07 14:36:37

श्रीमान् सियाशरणका साथमा द्रौपदी

सर्मिला बुढाथोकी

दोलखा । मजदुरी गरेर जीवन गुजारा गर्दै आएकी महोत्तरी गौशलाकी द्रौपदीदेवी महत्तो १ वर्षदेखि थलिएकी छन् । दायाँ खुट्टा भाँच्चिएपछि ४० वर्षकी द्रौपदीलाई शौचालय जान समेत सहरा चाहिन्छ ।

श्रीमान् सियाशरणसँग उपचारका लागि चरिकोट अस्पताल पुगेकी द्रौपदीले दुबै खट्टा टेकेर उभिन सकें उपचारमा लागेको ऋण तिर्ने अठोट गरिन् । ‘पहिले जस्तै हिँडडुल गर्न सके ४० हजार रुपैयाँ ऋण तिरेर आनन्दको श्वास फेर्ने थिएँ ।’ द्रोपदीले भनिन् ।

लुगा सुकाउने क्रममा लडेर द्रौपदीको खुट्टा भाँचिएको थियो । मजदुरी गरेर कमाएको झण्डै दुई लाख रुपैयाँ श्रीमतीको खुट्टाको उपचारमा सकिए पनि द्रौपदीलाई ठिक नभएको सियाशरणले बताए । कमाएको सवै सकेर ४० हजार रुपैयाँ ऋण लागेको उनले बताए ।

पैसा नभएका कारण थप उपचारका लागि काठमाडौं लैजान नसकेको सियाशरणले बताए । ऋण पाए भनेर श्रीमतिको खुट्टा ठिक भएपछि दुवै मिलेर मजदुरी गरि तिर्ने समेत उनले बताए । द्रौपतीको दायाँ खुट्टा भाँच्चिएको भएपनि शल्यक्रिया पछि हिँडडुल गर्न सहज हुने प्रस्तावित चरिकोट अस्पतालका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मन्दिप पाठकले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: