लैंगिक अवधारणा सम्बन्धि दुई दिने तालिम सम्पन्न


प्रकाशित मिति :2017-07-09 10:32:15

महिला खबर


ललितपुर । पत्रकार महिलाका लागि लैंगिक अवधारण सम्वन्धि दुई दिने तालिम सम्पन्न भएको छ । सञ्चारिका समूहको आयोजना तथा अष्ट्रेलियन एडको सहयोगमा भएको तालिममा काठमाडौं, ललितपुर, काभ्रे, दोलखा, नुवाकोट लगायत ठाउँबाट १५ जना महिला पत्रकारहरुको सहभागिता रहेको थियो ।

तालिममा सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्मा र केन्द्रीय सदस्य एवम् प्रशिक्षक जया लुर्इँटेलले लैंगिक अवधारणाका विषयमा प्रशिक्षण दिनुभएको थियो । समापन कार्याक्रममा सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्माले महिलाहरुमा सूचनाको पहुँच कम हुने हुँदा सूचना लिने विषय चुनौतीपूर्ण रहेको बताउनुभयो । अहिले प्रतिस्पर्धाको समय भएको भन्दै घरपरिवारमा दोहोरो, तेहोरो भूमिका निर्वाह गरेर पनि पत्रकारिता क्षेत्रमा महिलाहरु आएका बताउनुभयो ।

सञ्चारिकाकी केन्द्रीय सदस्य एवम् प्रशिक्षक जया लुईँटेलले जुनसुकै विषयमा समाचार संकलन गर्दा जेण्डर एङ्गलबाट विश्लेषण गर्न सकिने बताउनुभयो । कार्यक्रममा सहभागिको तर्फबाट भैरवी ढुंगाना र शर्मिला विश्वकर्माले तालिमका अनुभव राख्नुभएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: