महिनावारी हुँदा घरबाट निकालिएकी महिलाको छाउगोठमा सर्पले टोकेर मृत्यु


प्रकाशित मिति :2017-07-09 12:13:21

ललितबहादुर बुढा

सुर्खेतको पश्चिम क्षेत्रमा रहेका छाउगोठ भत्काउँदै स्थानीय बासिन्दा। फाइल तस्बिर

सुर्खेत : छाउगोठमा सुतेकै कारण दैलेखमा एक महिलाको ज्यान गएको छ। जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिकामा छाउगोठमा सुतेकी स्थानीय एक महिलाको सर्पको टोकाइबाट ज्यान गएको हो। स्थानीय लैनचौर निवासी तुल्सी शाहीलाई बिहीबार राति छाउगोठमा सुतेको समयमा सर्पले टोकेको थियो।

मध्यरातमा सर्पले टोकेपछि परिवारले धामी झाँक्रीमार्फत् उपचारको प्रयास गरेका थिए। तर, भरपर्दो उपचार नपाउँदा २२ वर्षीया तुल्सीको शुक्रबार मृत्यु भएको हो। गाउँमै रहेको मामाको घरमा रहेको छाउगोठमा सुतेकी तुल्सीलाई राति १० बजे सर्पले टोकेको थियो। सर्पले टोकेको करिब नौ घण्टापछि उपचारकै अभावमा तुल्सीकाे ज्यान गएको नगरपालिकाका मेयर सूर्यबहादुर शाहीले जानकारी दिनुभयो।

उहाँका अनुसार स्वास्थ्य केन्द्र पनि टाढा भएको र एम्बुलेन्स पनि नहुँदा उपचार नपाएरै शान्ताको मृत्यु भएको हो। जम्बुकाँध स्वास्थ्य चौकीमा कार्यरत अनमी कमला शाहीले उपचार अभावमै शान्ताको मृत्यु भएको जानकारी दिनुभयो। नगरपालिका भए पनि सो स्थानमा अहिले पनि छाउपडी प्रथा कायमै छ। घरभित्र पस्दा देउता रिसाउने र अनर्थ हुने अन्धविश्वासका कारण स्थानीयले महिनावारीको वेलामा महिलालाई सात दिनसम्म घरभित्र पस्न दिदैंनन्।

यही अन्धविश्वासका कारण छोगोठमा सुतेकी तुल्सीको अकालमै ज्यान गुमेको हो। छापउडी विरुद्ध विभिन्न सरकारी तथा गैरसरकारी निकायले अभियान पनि संचालन गर्दै आएका छन्। तर, सबै अभियान प्रभावकारी हुन सकेका छैनन्। अहिले पनि प्रदेश ६ र ७ का जिल्लामा छाउपडी प्रथा कायमै रहेको छ।

साभार : अन्नपूर्ण पोष्ट

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: