बिचल्लीमा परेकी सुत्केरी जानुकाको उद्धार


समाचार प्रभाव

प्रकाशित मिति :2017-07-09 15:32:24

अप्रिल अधिकारी

रामेछाप । रेखदेख गर्ने कोही नभएर विचल्लीमा परेकी सुत्केरी जानुका सार्कीलाई कोशिस नेपालले उद्धार गरेको छ । मानसिक रुपमा समेत रोगी सुत्केरी जानुकाको अवस्थाबारे महिला खबरले समाचार लेखेपछि कोशिस नेपालले ३ महिनाका लागि काठमाडौंमा राख्न लगेको हो ।

जानुकाको छोरीलाई पनि कोशिस नेपाललेसँगै लगेको छ । सुत्केरी अवस्थामा स्याहर गर्ने, खुवाउने कोही नभएपछि जानुका पछिल्लो समयमा मन्थली बजारमा मागेर मागेर नै गुजारा चलाउँदै आएकी थिईन् । जानुकाका श्रीमान् मसिने सार्की पनि मागेर नै गुजारा गर्छन् । जानुकाले प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा छोरी जन्माएकी थिईन् । सुत्केरी भएको केही दिन त प्राथमिक स्वास्थ्य केन्द्रले राख्यो तर पछि बिच्चली हुने अवस्थामा पुगेपछि महिला खबर समचार लेखेको थियो ।

उनी बिचल्लीमा परेको समाचार बाहिर आए पछि काठमाण्डौंमा रहेको कोशिस नेपालले उनलाई काठमाडांै नै आमा र बच्चा दुबैको स्याहार सुसार तथा उपचार गरेको जनाएको छ । जिल्लाबाट उनलाई उपचार र स्याहार गर्नका लागि आवश्यक कागजी प्रक्रिया पुरा गरी ३ महिना लागि कोशिस नेपालले लगेको हो । ३ महिना पछि पुनः जिल्ला फर्काउने सहमतिका साथ आमा र बच्चालाई लगिएको महिला विकास कार्यालय रामेछापले जनाएको छ ।

कोशिस नेपालकी सामाजिक कार्यकर्ता मञ्जु क्षेत्रीका अनुसार बच्चालाई पनि निमोनिया भएको भएकोले उनको उपचार गरिएको छ । आमाको अवस्थामा पनि पहिले भन्दा केही सुधार भएको उहाँले बताउनुभयो । अहिले आमा र बच्चा कोशिस नेपालको आपतकालिन सुरक्षित घरमा रहेका मञ्जुले जानकारी दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: