इमोमा तस्बिर राखेको भन्दै तीन महिलामाथि कुटपीट


प्रकाशित मिति :2017-07-09 16:24:56

–यमुना खनाल–

सिरहा । सिरहाको गोलबजार नगरपालिका १३ दुर्गापुरमा छिमेकीको कुटाईबाट तीन जना महिला गम्भीर घाईते भएका छन् । सञ्जिला खातुन, मकिना खातुन र खैरुल खातुनले नुहाएको तस्बिर सामाजिक सञ्जाल इमोमा राखेको भन्दै स्थानीयले कुटपीट गरेका हुन् ।

उनीहरुलाई कुट्ने स्थानीय मोहम्मद आलम मियाँ, जाहिर मियाँ र उनका छोरा कलिमले कुटेको मकिनाले बताउनुभयो । कुटाईबाट मकिनाको शरीरको विभिन्न भागमा ठूलठूला निलडाम लागेको छ । उहाँको शरीरको पछिल्लो भागको तल खुट्टादेखि गर्धनसम्म ठूलठूला निलडाम बसेको छ ।

खैरुलको पनि शरीरको विभिन्न भागमा गहिरो चोट लागेको छ । उनीहरु दुवैजनाको गोलबजार ४ स्थित आकाशगंगा पोली क्लिनिकमा उपचार भइरहेको छ । क्लिनिकका डा. दिपेन्द्र यादवले मकिनाको शरीरको सवैभागमा गम्भीर चोट लागेको बताउनुभयो ।

सञ्जिला खातुनको शरीरमा कति चोट लागेको छ थाहा भएको छैन । आलम र जाहिरको दबाबका कारण खैरुल खातुन र संजीला खातुन उपचारका लागि समेत गाउँ बाहिर जान नसकेको बुझिएको छ । उनी अझै गाउँमै सामान्य उपचार गराएर बसिरहेकी छन् ।

घरमै नुहाईरहेको बेला दुई साता अघिा छिमेकी सञ्जिला खातुनले मकिना र खैरुलको फोटो खिचेर इमोमा हालेको मकिनाले बताउनुभयो । आफू र खैरुल घरमै नुहाइरहेको बेला नुहाउन आएकी सञ्जिलाले फोटो नखिच भन्दा भन्दै फोटो खिचेको पनि मकिनाको भनाई छ ।

त्यही फोटो गाउँलेले इन्टरनेटमा देखेपछि सञ्जिला र खैरुललाई २० गते बिहान जाहिर मियाले आफ्नै घरमा थुनेर छोरा कलिमलाई कुटपीट गर्न लगाएको स्थानीय साहिदा खातुनले बताउनुभयो । सोही दिन बेलुका छलफल गर्नुछ भन्दै मकिनालाई पनि बोलाएर आलम र जाहिरले मरणासन्न हुनेगरी कुटपीट गरेको साहिदाले बताउनुभयो ।

कुटपिट पछि पनि घटना वाहिर लगे यो भन्दा पनि कडा सजाए दिने धम्की उनीहरुले दिएको पीडितहरुले बताएका छन् । गाउँमै मिलाउने भनेर तीन दिनसम्म गाउँमै राखे पनि पीडितको बोली कसैले नसुनेको मकिनाले दुःखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, ‘सबैले गाउँमै मिल्नु पर्छ भने, तर कसैले केही सहयोग गरेन । त्यसैले म यहाँ उपचार गराउन आएको हुँ । प्रहरीलाई पनि खवर गरेको छु ।’

प्रहरीले घटनाबारे आफूहरुलाई ढिलोगरीमा जानकारी भएको बताएको छ । इलाका प्रहरी कार्यालय गोलबजारले घटनाको विषयमा आफूहरुले अनुसन्धान गरिरहेको जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: