सञ्चारिका लमजुङ अध्यक्षमा; कमली


प्रकाशित मिति :2017-07-09 23:58:25

महिला खबर

लमजुङ । सञ्चारिका समूह लमजुङ शाखाको अध्यक्षमा शान्ता कमली चयन हुनुभएको छ । शाखाको शनिबार बेसीशहरमा भएको दोस्रो अधिवेशनले कमलीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको हो ।

कमली रेडियो लमजुङको समाचार प्रमुख र नयाँ पत्रिका राष्टिय दैनिकका लमजुङ संवाददाता हुनुहुन्छ । नेपाल पत्रकार महासंघ लमजुङ शाखाको कोषाध्यक्ष समेत रहनुभएकी कमली ७ वर्षदेखि पत्रकारितामा अवद्ध हुनुहुन्छ । समितिको उपाध्यक्षमा अनिशा श्रेष्ठ, सचिव बसन्त वानिया भट्ट, सहसचिव सर्जिना पौडेल, कोषाध्यक्ष कामना घिमिरे र सदस्यहरुमा अञ्जु रिमाल, रोजीना आले, शिक्षा पन्त, श्रीकला भण्डारी, कुमारी तामाङ र सरला अधिकारी रहनुभएको छ ।

५ सदस्यीय सल्लाहकार समितीमा सल्लाकारमा निवर्तमान अध्यक्ष सिर्जना घिमिरे, रेडियो मस्र्याङदीका स्टेशन म्यानेजर मिना गुरुङ, लमजुङ जागरण साप्ताहीक पत्रिकाका सम्पादक कमला केसी, नेपाल पत्रकार महाँसंघ लमजुङका उपाध्यक्ष विमला अधिकारी र अध्यक्ष आश गुरुङ रहनुभएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: